विद्यालाई कुराए कपिलले

शनिबार, १२ चैत २०७३, ११ : १२ शुक्रवार , Kathmandu
विद्यालाई कुराए कपिलले

बलिउड अभिनेत्री विद्या बालन वजनदार कलाकारमा गनिन्छिन् । भारत सरकारबाट ‘पद्मश्री’ पुरस्कारसमेत पाएकी उनलाई बलिउडमा अत्यन्तै सम्मानका साथ हेर्ने गरिन्छ । तर, उनले कमेडी सो ‘द कपिल शर्मा सो’मा अपमान सहनुपरेको छ ।
विद्याको नयाँ फिल्म ‘बेगम’ रिलिज हुने सँघारमा छ । सोही फिल्मको प्रमोसन हुने गरी कपिलले विद्यालगायत उनको टिमलाई आफ्नो टीभी सोमा बोलाएका थिए । फिल्ममा सँगै काम गर्ने अन्य कलकारलाई लिएर विद्या सो सुट हुने स्टुडियोमा पुगिन् ।
तर, कपिल त्यहाँ थिएनन् । कपिललाई कुर्दाकुर्दै विद्याको छ घण्टाजति त्यहीँ बित्यो । यसबाट आजित भएर विद्या हिँड्न लागेपछि उनलाई कपिलको फोन आयो । कपिलले विद्यालाई आफू जरुरी काममा फसेको भन्दै थप केही बेर पर्खन आग्रह गरे । केही बेरपछि उनी आए र सोको छायांकन भयो । विद्यालाई घण्टौँ कुराएर उनको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा कपिलको आलोचना भइरहेको छ ।  

 

Leave A Comment