चर्चामा पूर्वेली रेखा

बिहिबार, १० चैत २०७३, ०१ : ५६ शुक्रवार , Kathmandu
चर्चामा पूर्वेली रेखा

नेपाली फिल्मकी नायिका रेखा थापा राजनीतिमा सक्रिय भएको बेला पूर्वमा अर्की नायिका रेखा फागोको चर्चा हुन थालेको छ । म्युजिक भिडियोमा काम गरेको अनुभवसहित अभिनय र मार्सल आर्ट सिकेर प्रेम सुब्बा निर्देशित फिल्म ‘तारेभीर’मा नायिका बनेकी रेखालाई पूर्वेली दर्शकले रुचाएका छन् । केही समयअघि धरानमा ‘तारेभीर’को विशेष प्रदर्शन हुँदा दर्शकले उनको कामको प्रशंसा गरेका थिए । हालै झापा, दमकका दर्शकले पनि उनको फिल्म अभिरुचिपूर्वक हेरे । ‘विशेष प्रदर्शनबाट पाएको हौसलाले फिल्म रिलिज भएपछि पक्कै राम्रो हुन्छ भन्ने आशा छ,’ उत्साहित रेखाले भनिन् । फिल्ममा उनले नृत्य गरेको गीत ‘नीलो नीलो खुल्ला आकाश’ रिलिज भएलगत्तै युट्युबमा दुई लाखभन्दा बढी दशर्कले हेरिसकेका छन् ।

 

Leave A Comment