वैचारिक स्वतन्त्रताबारे अनुष्का

बिहिबार, १० चैत २०७३, ०१ : ४६ शुक्रवार , Kathmandu
वैचारिक स्वतन्त्रताबारे अनुष्का

बलिउड अभिनेत्री अनुष्का शर्माले कसैमाथि पनि आफ्नो विचार लाद्न नहुने बताएकी छिन् । अरूको विचारलाई लिएर बढी गम्भीर हुनु र उसले मैलेजस्तै विचार राख्नुपथ्र्यो भन्ने अपेक्षा गर्नु अहिलेको प्रमुख समस्या भएको उनले बताइन् ।
‘आफ्नो विश्वासमा सबैजना अडिग रहनुपर्छ, तर आफ्नो विचार मात्रै सही हो भनेर अरूमाथि थोपर्न खोज्नु हुँदैन,’ उनले भनिन् । फरक विचारका मानिस एकैठाउँ बस्दा कसैलाई आपत्ति हुन नहुने उनले बताइन् ।
अहिले भारतमा हिन्दूवादीहरू फरक विचार राख्नेहरूप्रति आक्रामक हुँदै गएको सन्दर्भमा अनुष्काले यस्तो बताएकी हुन् ।

Leave A Comment