नागरिकन्युजकर्मी ढुंगाना पुरस्कृत

बिहिबार, १० चैत २०७३, ०१ : ४३ शुक्रवार , Kathmandu
नागरिकन्युजकर्मी ढुंगाना पुरस्कृत

नागरिकन्युजकर्मी कृष्ण ढुंगानालाई बेलायतमा स्थापना गरिएको सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
अनलाइन मिडियाकर्मीलाई दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि पाँच सय अमेरिकी डलर रहेको छ ।
गैरआवासीय नेपाली संघका संस्थापक सचिव तथा समाजसेवी  चिरञ्जीवी ढकालले आफ्नी स्वर्गीय आमा सीतादेवी ढकालको स्मृतिमा स्थापना गरेको सो पुरस्कार पाउने ढुंगाना दोस्रो पत्रकार हुन् । यसअघि पहिलो पोस्टका सम्पादक उमेश श्रेष्ठले उक्त पुरस्कार पाएका थिए ।  पुरस्कार सन् २०१७ भित्र काठमाडौँमा एक कार्यक्रम गरी प्रदान गरिने ढकालले बताए ।
एक दशकभन्दा बढी समयदेखि अनलाइन पत्रकारितामा सक्रिय ढुंगाना नेपाल रिपब्लिक मिडियाको स्थापनाकालदेखि नै नागरिक न्युज डटकमसँग आबद्ध छन् ।

Leave A Comment