बिपाशाको प्रहार

मङ्गलबार, ०८ चैत २०७३, १२ : २७ शुक्रवार , Kathmandu
बिपाशाको प्रहार

बलिउड अभिनेत्री बिपाशा बसु इंग्ल्यान्डको राजधानी लन्डनमा हुन लागेको फेसन सोमा सहभागी हुने तय भएको थियो । तर, अन्तिम समयमा आएर बिपाशाले सोमा सहभागी हुन अस्वीकार गरिन् । उनको यस्तो निर्णयपछि सोका आयोजकले उनी हदैसम्म गैरव्यावसायिक भएको भन्दै उनको आलोचना गरेका थिए । अहिले आएर बिपाशाले उल्टो आयोजक नै गैरव्यावसायिक भएको आरोप लगाएकी छिन् ।
एउटा खुला पत्र लेख्दै उनले आयोजकमाथि अनेक आक्षेप लगाएकी छिन् । ‘विगत १५ वर्षदेखि  व्यावसायिक रूपमा काम गरेर मैले यस क्षेत्रमा प्रतिष्ठा कमाएकी छु । लन्डनमा आउँदा गरिने सत्कार र त्यहाँ दिइने सेवासुविधाका सम्बन्धमा आयोजकहरूले गैरव्यावसायिक पाराले कुरा फेरे र लन्डन पुगेपछि आफ्ना लागि आफैँ होटल बुक गर्नुपर्नेजस्तो अवस्था आयो । यहाँ व्यावसायिकताबाट को च्युत भयो ?’ बिपाशाले लेखकी छिन् ।

Leave A Comment