आयुर्वेदका अनुसार

सोमबार, ०७ चैत २०७३, ०१ : ०२ शुक्रवार , Kathmandu
आयुर्वेदका अनुसार

पेट स्वस्थ राख्न
खाना नपच्नु, पेटमा ग्यास भरिनु, पेट अटेसमटेस हुनु, कब्जियत हुनु, छाती पोल्नु, खाएपछि अल्छी लाग्नु आदिलाई आयुर्वेदले पेटसम्बन्धी समस्याको संकेत भनेको छ । यस्तो समस्या भएकाले निम्न काम गरेर पेटलाई स्वस्थ र बलियो राख्न सक्छन् भनी आयुर्वेदले बताएको छः

खाना खाँदा केही नगर्ने
हिँड्दै, कुराकानी गर्दै, ड्राइभिङ गर्दै खानेकुरा खाने बानी छ भने त्यसलाई हटाइहाल्नुपर्छ । कामको व्यस्तताले गर्दा काम गर्दै खाना खाने पनि धेरै हुन्छन् । आयुर्वेदका अनुसार शान्त वातावरणमा खाना खाँदा राम्रोसँग पच्छ । यसो गर्न सम्भव छैन भने पेटको समस्या भएकाले कम्तीमा पनि उभिएर नखाने गर्नुपर्छ ।
स्वाद लिए खाने
शान्त मुद्रामा पलेटी कसेर स्वाद मान्दै खाएको खाना राम्रोसँग पच्छ र यसमा हुने तŒव शरीरले सजिलै हासिल गर्छ भनी आयुर्वेदले उल्लेख गरेको छ । सचेतनापूर्वक शान्त बसेर पलेटी कसी खाना खाँदा खानाको स्वाद, सुगन्ध आदिको महसुस राम्रोसँग हुन्छ र यसले पाचनमा सहयोग गर्छ ।
खानाअघि अदुवा खाने
पाचनशक्ति कमजोर भएका मानिसको पेटमा अग्नि तŒव कमजोर हुन्छ । पेटको अग्नि तŒवले खाना पचाउन मद्दत गर्छ । त्यही भएर यस्ता मानिसले खानाअघि अदुवाको टुक्रामा कागती र नुन छर्केर खानुपर्छ । यसले ¥याल उत्पादन गर्ने ग्रन्थीलाई सक्रिय पार्छ र खाना पचाउन र खानामा पाइने तŒव ग्रहण गर्न शरीरलाई मद्दत पुग्छ ।
खानासँग चिसो पेय नखाने
अहिले खानासँग कोक, पेप्सी अथवा फ्रिजमा राखेको पानी आदि खाने चलन छ । आयुर्वेदले खानासँग कुनै पनि प्रकारको चिसो पेय खान वर्जित गरेको छ । खानाको प्रकृति तातो हुन्छ । यस्तो खाना र चिसो पेय एकसाथ खाँदा पेटले राम्रोसँग काम गर्न पाउँदैन । अनि, अपच हुने, पेट दुख्ने आदि हुन्छ । अन्य बेला पनि चिसो अथवा तातो पानीको सट्टा कोठाको तापक्रमसँग मिल्ने खालको पेय खानुपर्छ । यसले समग्र पाचन प्रणालीलाई बलियो बनाउँछ ।
खाने तालिका मिलाउने
सूर्यको तेजअनुसार खानाको मात्रा र प्रकृति निर्धारण गर्नुपर्छ भनी आयुर्वेदले भनेको छ । आकाशको सूर्यले पेटको अग्निको स्तरलाई समेत निर्धारण गर्ने भएकाले सूर्यको तेजअनुसार खाना खाने समय निर्धारण गर्नुपर्छ । सूर्य दिउँसो १२ देखि २ बजेसम्म तेजिलो हुन्छ । त्यही भएर हेभी खालको भोजन यस अवधिमा गर्नुपर्छ । यतिबेला भोजन पचाउने शरीरको क्षमता बलियो भएको हुन्छ । बेलुका र बिहान सूर्य नहुने भएकाले हलुका भोजन गर्नुपर्छ । रातीको खाना ८ बजेभन्दा अगाडि खाने प्रयत्न गर्नुपर्छ ।
भोजनपछि दही खाने
दही खाने गर्नाले खाना राम्रोसँग पच्ने भएकाले पेटको समस्या भएकाले खानापछि दही खानुपर्छ । घरमै बनाएको दहीमा पानी हाली पातलो बनाएर खाने गर्नुपर्छ । खास गरी, गर्मीमा बाक्लो दही खानु हुँदैन । पातलो दहीले बढी फाइदा गर्छ । दहीमा पाइने असल ब्याक्टेरिया र चिल्लो पदार्थका कारण खाना राम्रोसँग पच्छ ।
त्रिफला खाने
त्रिफलाको चूर्ण खाने गर्नाले समग्र पाचन प्रणाली शुद्ध र बलियो हुन्छ । त्यसैले पेटसम्बन्धी समस्या भएकाले बिहान मनतातो पानीमा त्रिफलाको चूर्ण खानुपर्छ ।

 

Leave A Comment