लार्सनको सन्देश

सोमबार, ०७ चैत २०७३, १२ : ५९ शुक्रवार , Kathmandu
लार्सनको सन्देश

हलिउड अभिनेत्री ब्राई लार्सनले हालै सम्पन्न ओस्कर अवार्ड समारोहमा  केसी एफ्लेकले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा ताली बजाएकी थिइनन् । आफूले जानी–बुझीकन त्यसो गरेका उनले बताएकी छिन् । यद्यपि, उनले कारण खुलस्त पारेकी भने छैनन् ।
लार्सनले नै उनलाई कार्यक्रममा अवार्ड हस्तान्तरण गरेकी थिइन् । उनको सम्मानमा कार्यक्रममा सहभागी सबैजना उठेका भए पनि लार्सनले तालीसम्म बजाइनन् । ‘एफ्लेकले यौन दुराचार गरेको भन्दै दुई युवतीले उनीविरुद्ध मुद्दा दायर गरेका छन् । महिला अधिकारका पक्षमा आवाज उठाउँद आएकी लार्सनले यही कारण ताली नबजाएको हुन सक्ने अनुमान धेरैले गरेका थिए,’ समाचारमा भनिएको छ । अहिले आएर लार्सनले ताली नबजाउनुको पछाडि कारण रहेको र यसबाट आफूले केही सन्देश दिन खोजेको बताएकी छिन् । तर, कस्तो सन्देश दिन खोजेको भन्ने उनले खुलाएकी छैनन् ।

 

Leave A Comment