धाराबाट रातो पानी आएपपछि

सोमबार, ०७ चैत २०७३, १२ : ५५ शुक्रवार , Kathmandu
धाराबाट रातो पानी आएपपछि

क्यानडाको शहर अल्बेर्टास्थित बस्तीमा गत साता धेरैका घरमा धाराबाट रातो पानी आयो । सबैको घरमा रातो पानी आएपछि उनीहरूले खानेपानी वितरण गर्ने निकायमा उजुरी गरे । उजुरीपछि निकायले प्राविधिक गडबडीका कारण पानी रातो हुन गएको भन्दै क्षमा मागेको छ ।
‘पानीमा रहेको आइरन र म्याग्नेसियम हटाउन पोटासियम पर्मेन्गनेट हाल्ने गरिन्छ । पोटासियम पर्मेन्गनेट भएको ट्यांकी भूलवश लिक भएछ र सबै पानीको ट्यांकीमा मिसिएछ,’ शहरका मेयर डाल क्रास्नोले भने । यद्यपि, यस्तो पानीले नुहाउँदा अथवा यस्तो पानी पिउँदा स्वास्थ्यमा कुनै असर नपर्ने भन्दै नआत्तिन उनले शहरवासीलाई आग्रह गरे ।
धराबाट पानी आएको कुराको सामाजिक सञ्जालमा मजाक उडाइएको छ । ‘खानेपानी पठाउने ठाउँमा पानीलाई काटे कि क्या हो, पानी त पूरै रक्ताम्मे भएको छ त,’ एक शहरवासीले रातो पानीको फोटो फेसबुकमा सेयर गर्दै लेखेका छन् ।

Leave A Comment