यी खानेकुरामा गर्भवतीले जोड दिनुपर्छ

आइतबार, ०६ चैत २०७३, ०१ : १२ शुक्रवार , Kathmandu
यी खानेकुरामा गर्भवतीले जोड दिनुपर्छ

गर्भवती महिलाले खाने पोषणयुक्त खानाले पेटको बच्चाको विकासलाई निर्धारण गर्छ । गर्भवती महिलाले प्रतिदिन तीन सय अतिरिक्त क्यालोरी खाने गर्नुपर्छ । यति क्यालोरी आपूर्ति गर्न र जन्मिने बच्चालाई स्वस्थ र तेजिलो बनाउन यस्ता खानेकुरामा गर्भवती महिलाले जोड दिनुपर्छः
फलफूल र तरकारी
ताजा फलफूल र तरकारी भिटामिनका राम्रा स्रोत हुन् । अंगुर, सुन्तला, गोलभेँडा आदिमा भिटामिन सी प्रशस्त पाइन्छ । त्यस्तै, पालुंगोलगायत हरिया सागपातमा फोलिक एसिड बढी पाइन्छ । गर्भवती महिलाले दिनमा चार पटक फलफूल र चार पटक सागपातलगायत तरकारी नियमित खाने गरेमा स्वस्थ बच्चा जन्मन्छ ।
रोटी र अन्न
रोटी र अन्न (भातलगायत)मा कार्बोहाइड्रेट पाइने भएकाले यी खाद्य शरीरलाई आवश्यक पर्ने ऊर्जाका मुख्य स्रोत हुन् । रोटी र अन्नमा फाइबर तथा भिटामिन पनि पाइने भएकाले यसले बच्चालाई पोषण प्रदान गर्छ र स्वस्थ राख्छ । गर्भवती महिलाले रोटी र अन्न थोरै थोरै गर्दै खाइरहनुपर्छ । अन्नमा चामलसँगै जौ, मकै आदिका परिकार पनि समावेश गर्नुपर्छ ।
माछा–मासु
पेटको बच्चा हुर्काउन र स्वस्थ राख्न प्रोटिन आवश्यक पर्छ । त्यही भएर गर्भवती महिलाले प्रोटिन प्रशस्त पाइने माछा, मासु, कोसे तरकारी आदि खाने गर्नुपर्छ ।
दुग्ध परिकार
पेटमा रहेको बच्चाको शारीरिक तथा मानसिक विकासका लागि अर्को अपरिहार्य तŒव हो, क्याल्सियम । दुग्ध परिकारमा क्याल्सियम बढी मात्रामा पाइन्छ । त्यही भएर गर्भवती महिलाले दूध र दही दिनैपिच्छेजसो खानुपर्छ ।

 

Leave A Comment