शौचालयमा सर्प

आइतबार, ०६ चैत २०७३, ०१ : ०८ शुक्रवार , Kathmandu
शौचालयमा सर्प

तपाईं ट्वाइलेट जाँदा दिशा बग्ने प्वालबाट सर्प निस्किएको कल्पना कहिल्यै गर्नुभएको छ ? तर, अमेरिकाको टेक्सासकी एउटी महिलाले साँच्चिकै यस्तो देख्नुप¥यो । टेक्सासनिवासी केसी म्याकफेडनले घरको ट्वाइलेटमा सर्प देखेकी हुन् ।
‘घरमा केही पाहुना आएको बेला एक जना बालक ट्वाइलेट गयो । एकैछिनपछि ट्वाइलेटमा त सर्प छ भन्दै ऊ डराउँदै फर्कियो,’ उनले भनिन् । आफू गएर हेर्दा साँच्चिकै सर्प देखेपछि उनले सर्पलाई मार्न खोजिन् । तर, मार्न नसकेपछि सर्प समात्न सिपालु मानिसलाई बोलाएर समात्न लगाइन् ।
सर्प समातिसकेपछि सर्प ट्वाइलेटको प्वालबाट कसरी छि¥यो भन्ने खोजी गर्दै सर्प समात्न विज्ञसँग आफूले घरआँगन सबैतिर खोजतलास गरेकोे उनले बताइन् । ‘घरको भुइँतलामा त्यस्ता सर्प धेरै रहेछन् । त्यहाँबाट ट्वाइलेटको ट्यांकीमा पुगेर त्यो सर्प माथि ट्वाइलेटसम्मै पुगेको रहेछ,’ उनले भनिन् । सबै सर्प त्यहाँबाट हटाइएको उनले बताइन् ।

 

Leave A Comment