प्रतीक्षारत सोनाक्षी

आइतबार, ०६ चैत २०७३, ०१ : ०६ शुक्रवार , Kathmandu
प्रतीक्षारत सोनाक्षी

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले खुशी छिन् । उनलाई खुशी दिलाउने पात्र हुन्, गायक जस्टिन बिबर ।
जस्टिन बिबरले दुई महिनापछि भारतमा सांगीतिक प्रस्तुति दिँदैछन् । मे ११ मा भारतीय नगरी मुम्बईमा उनको कन्सर्ट आयोजना हुनेछ । सो कन्सर्टमा जस्टिनसँग सोनाक्षीले समेत स्टेजमा प्रस्तुति दिने तय भएपछि उनी खुशी भएकी हुन् । स्टेजमा उनले जस्टिनलाई कसरी साथ दिनेछिन् भन्ने विस्तृत विवरण चाहिँ सार्वजनिक भइसकेको छैन ।
‘म जस्टिन बिबरका गीतको फ्यान हुँ । विगतका वर्षमा उनको आवाज कसरी परिष्कृत हुँदै आएको छ र आज आएर संसारभरि उनले फ्यान कमाउन कसरी सके भन्ने कुरालाई खुशीसाथ नियालिरहेकी छु । उनीसँग पर्फर्म गर्ने दिन पर्खिरहेकी छु,’ उनले भनिन् ।

 

Leave A Comment