पानीको बेइमानी !

आइतबार, ०६ चैत २०७३, १२ : ५४ शुक्रवार , Kathmandu
पानीको बेइमानी !

मिस नेपालबाट नायिका बनेकी मलिना जोशीलाई गृहनगर धरान त्यति फाप्दैन । मिस नेपाल हुँदा धरानमा एउटा संस्थाले उनलाई सम्मान ग¥यो तर पैसा उठाएर सम्मान गरिएको भनेर विवाद आयो ।

यसपटक उनी गृहनगर धरानमा आइपुगिन्, फेसन सोमा सो स्टपर भएर । सम्बन्ध बिग्रिएका प्रेमी अनुपविक्रम शाहीसँगै ¥याम्पमा हिँड्न धरान आएकी उनलाई पानीले बेइमानी गरिदियो । धरानमा भएको एसडब्लू फेसन परेडमा उद्घोषक सुदीप यल्मोले कार्यक्रमका सो स्टपरमा मलिना र अनुप रहेको उद्घोष गर्नेबित्तिकै आकाशमा बिजुली चम्किन थाल्यो ।

उद्घोषकले अतिथि बराह ज्वेलरीका गंगा कालिकोटेलाई मञ्चमा बोलाए । उनको पहिरन र फेसन सेन्सको तारिफ गर्दागर्दै पानी छिट्याउन थाल्यो । ‘अनप्लग्ड आवाज’ ब्यान्डले ‘पानी प¥यो असिना झ¥यो’ गीत गाउन थाल्यो । अतिथिको नाम गंगा, ब्यान्डको गीत ‘पानी प¥यो’ ! त्यसपछि त हावाहुरीसहित ठूलो पानी पर्न थालिहाल्यो । दर्शकहरू भागाभाग ! हावा–पानीले मञ्च, लाइट सबै बिगारिदियो । आयोजकले भोलिपल्ट कार्यक्रम गर्ने घोषणा गरेर दर्शक फर्काउनुप¥यो । ¥याम्पमा हिँड्न तयार भएर बसेका मलिना र अनुपले ¥याम्प टेक्नै पाएनन् । आयोजकले भोलिपल्ट पुनः ¥याम्पमा उतार्ने व्यवस्था मिलायो । दिनभर सफा रहेको मौसम भोलिपल्ट पनि मञ्चबाट मलिना, अनुपको नाम लिन थालेपछि पानी पर्न थाल्यो । आयोजकले हतारहतार कार्यक्रम सक्नुप¥यो । फेसन सोको एउटा सिक्वेन्स घटाएर मलिना र अनुपलाई मञ्चमा बोलाइयो तर उनीहरू आउनेबित्तिकै पानी वर्षिन थाल्यो । दर्शकले उनीहरूलाई राम्रोसँग देख्न पनि पाएनन् । भाग्यवादी केही दर्शक कुरा गर्दै थिए, ‘मलिना–अनुपको जोडी नफाप्ने नै रहेछ । उनीहरूलाई पानीले पनि सँगै हिँड्न दिएन ।’

 

Leave A Comment