क्रिकेटले दिलाएको हर्ष, जगाएको आश

शनिबार, ०५ चैत २०७३, ०२ : ४४ सुजन श्रेष्ठ , Kathmandu
क्रिकेटले दिलाएको हर्ष, जगाएको आश

घाम–पानी गर्दै बितेको पछिल्लो एक सातामा नेपाली क्रिकेटले पनि त्यस्तै नतिजा आत्मसात् ग¥यो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पाँचौँ चरणको खेलमा जित्नैपर्ने लक्ष्यसाथ उत्रिएको नेपालले मिश्रित नतिजामा चित्त बुझाउनुप¥यो ।
घरेलु दर्शक र मैदानमा नेपालले केन्याविरुद्धको पहिलो खेलमा ५ विकेटले नतिजा सुम्पियो भने दोस्रोमा ७ विकेटको सहज नतिजा निकाल्यो । अघिल्लो दिनदेखि परेको वर्षा बिहानसम्म नथामिएपछि ९ बजे हुने भनिएको टस करिब १२ बजे बल्ल सम्भव भयो । नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा मोर्चा सम्हालेका ज्ञानेन्द्र मल्लले सिक्का आकाशमा फाले । भाग्यले केन्याका कप्तान राकिप पटेललाई साथ दियो । टस जिते र नेपाललाई ब्याटिङको निम्तो दिए ।
उसै पनि स्लो पिच मानिने कीर्तिपुरस्थित त्रिवि मैदानको वर्षापछि आउटफिल्ड पनि भिजेको थियो । शनिवार ढिला सुरु भएका कारण खेल ३८ ओभरमा छोट्याइएको थियो । यस्तोमा टस निकै महŒवपूर्ण थियो । तर, त्यो नेपालको पक्षमा थिएन ।
मौसमको चुनौतीलाई माथ दिन कप्तान ज्ञानेन्द्र र डेब्यू गरेका सुनील धमला ओपनिङ जोडीका रूपमा क्रिजमा आए । दोस्रो ओभरमै ज्ञानेन्द्रले लगातार २ चौका प्रहार गर्दै नेपाललाई राम्रो सुरुआत दिने प्रयास गरेका थिए । तर, छैटौँ ओभरमा सुनील ३ रनमा आउट भएपछि नेपालका कुनै पनि जोडीले गतिलो साझेदारी बनाउन सकेनन् । १ सय रनको आँकडा नछुने अवस्था देखिँदा बलरद्वय शक्ति गौचन र सोमपाल कामीले नेपालको इनिङ उकास्ने प्रयत्न गरे । ८२–८ को स्थितीबाट इनिङ सुरु गरेका यी दुईले ३६ ओभर समाप्तिमा नेपाललाई ११२–८ को अवस्थामा पु¥याए । तर, उनीहरूको साझेदारीलाई वर्षाले अघि बढ्न दिएन । शक्ति १८ र सोमपाल १५ रनमा अविजित रहँदा दुईले नवौँ विकेटका लागि ३० रनको अविजित साझेदारी गरे ।
वर्षाले खेल रोकिएपछि केन्याले २९ ओभरमा १ सय ४ रनको लक्ष्य पायो । दोस्रो ओभरमै वसन्त रेग्मीले विकेट लिँदै घरेलु टोलीको आशा जगाए । त्यस्तै, सातौँ ओभरमा सागर पुनले २ विकेट लिएपछि नेपालको सम्भावना बढेर गयो ।
तर, केन्याका कप्तान राकिप पटेल र कोलिन्स ओबुयाले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेपछि नेपाल दबाबमा प¥यो । २१.२ ओभरमा पुनः पानी परेपछि केन्याले २६ ओभरमा २६ रनको लक्ष्य पायो । जुन ११ बलअघि ५ विकेट गुमाएर पूरा ग¥यो ।
प्रतियोगिताको शीर्ष चारमा एक दिवसीय विश्वकप छनोटमा होमिनका लागि नेपालले बाँकी सबै खेल जित्नैपर्ने अवस्था थियो । उक्त दबाबलाई नेपालले सहजै चि¥यो । सोमवार दोस्रो खेलमा नेपालले टस जितेर केन्यालाई ब्याटिङको निम्तो दियो ।
दुई वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मेहबुब सोमवार किफायती बने । चौथो ओभरमा मेहबुबले २ विकेट लिएपछि दबाबमा परेको केन्यालाई इरफान करिम र ओबुयाले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै ठूलो स्कोरतर्फ डोहो¥याउने प्रयास गरेका थिए । तर, यी दुईको साझेदारीमा १६ वर्षे सन्दीप लामिछाने तगारो बने । त्यसपछि काम चलाउ बलर शरद भेषावकर चम्केपछि केन्याले निरन्तर विकेट गुमायो ।
४६.१ ओभरमा सबै विकेट गुमाएको केन्याले नेपाललाई १ सय ५६ रनको लक्ष्य प्रस्तुत ग¥यो । जुन नेपालले ३०.२ ओभरमै ३ विकेट गुमाएर पूरा ग¥यो ।
सुनील र सागर छिट्टै आउट भएको अवस्थामा १७ वर्षे दीपेन्द्रसिंह ऐरीले कप्तान ज्ञानेन्द्रसँग तेस्रो विकेटका लागि १ सय ११ रनको सझेदारी गर्दै नेपालाई सहज जीततर्फ डोहो¥याए । ६६ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाएका दीपेन्द्र ओबुयाको बलमा धीरेन गोन्डारियाबाट क्याच भए । त्यसपछि ब्याटिङमा आएका शरदले शेम गोचेको बलमा छक्का प्रहार गर्दै केन्याविरुद्ध एक दिवसीयमा नेपाललाई पहिलो जीत दिलाए । ज्ञानेन्द्र मल्लले ९३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अविजित ६४ रनको महŒवपूर्ण इनिङ खेले ।
अंक तालिका
१० खेलबाट ८ अंक बटुलेको नेपाल छैटौँ स्थानमा छ भने समान खेलबाट १० अंक बटुलेको केन्या पाँचौँ स्थानमा छ । नेदरल्यान्ड्स १६ अंकका साथ शीर्ष स्थानमा छ भने हङकङ ११ अंकका साथ तेस्रो स्थानमा छ । ८ खेलबाट १२ अंक जोडेको पपुवा न्युगिनी दोस्रो स्थानमा छ । ८ खेलबाटै ११ अंक जोडेको स्कटल्यान्ड चौथो स्थानमा छ । नामिबिया र यूएई समान २ अंकका साथ क्रमशः सातौँ र आठौँ स्थानमा छ । अब नेपालले हङकङ र यूएईसँग खेल्न बाँकी छ ।  
जो चम्किए
ज्ञानेन्द्र मल्ल
पहिलो खेलमा २७ जोडेका ज्ञानेन्द्र  मल्लले दोस्रो खेलमा अविजित ६४ रन जोडे । ९१ रन जोडेका ज्ञानेन्द्र दुई खेलमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन् । दोस्रो खेलमा उनले दीपेन्द्रसिंहसँग तेस्रो विकेटका लागि १ सय ११ रन तथा शरदसँग चौथो विकेटका लागि अविजित ३५ रनको साझेदारी गरेका थिए ।
नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा पनि उनले नेपाललाई ७ विकेटको शानदार जीत दिलाउन सफल भए । चैत २६ गतेबाट बंगलादेशमा हुने एसीसी इमर्जिङ कपमा पनि उनले नेपालको कप्तानी गर्ने भएका छन् ।
‘ज्ञानेन्द्रले उत्कृष्ट प्रदर्शन गरे । आज उनले म नेपालको नम्बर वान ब्याट्सम्यान हुँ भनेर प्रमाणित गरेका छन्,’ दोस्रो खेलपछि नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले ज्ञानेन्द्रको प्रशंसामा भनेका थिए ।
शरद भेषावकर
पहिलो खेलमा खुल्न नसकेका शरदले दोस्रो खेलमा अलराउन्ड प्रदर्शन गरे । विजयी छक्का प्रहार गरेका शरदले ११ बलमा ४ चौकासहित अविजित २४ रन बनाए । त्यसअघि केन्यालाई मध्यम स्कोरमा रोक्ने क्रममा शरदले ७.१ ओभरमा २४ रन दिएर ४ विकेट लिए । जुन विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाली बलरले एकै इनिङमा लिएको सबैभन्दा धेरै विकेट हो । यसअघि वसन्त रेग्मीले नामिबियाविरुद्ध र सोमपाल कामीले नेदरल्यान्ड्सविरुद्ध समान ३÷३ विकेट लिएका थिए ।
दीपेन्द्रसिंह ऐरी
शनिवारको पहिलो खेलमा नेपाली टोलीबाट डेब्यू गरेका थिए, दीपेन्द्रसिंह ऐरीले । सुदूर पश्चिमका १७ वर्षे ऐरीले सोमवार निर्भिक इनिङ खेल्दै अर्धशतक पूरा गरे । ६२ रन बनाएर कप्तान ज्ञानेन्द्रसँग तेस्रो विकेटका लागि १ सय ११ रनको निर्णायक साझेदारी गरेका उनलाई मध्यक्रममा उदीयमान खेलाडीका रूपमा हेरिएको छ ।
‘दीपेन्द्रको यो दोस्रो खेल हो । तर, उनले उत्कृष्ट प्रदर्शन गरे,’  कप्तान पारसले भने, ‘मध्यक्रममा हामीले राम्रो खेलाडी पाएका छौँ ।’
मुख्य प्रशिक्षक जगत टमाटा पनि दीपेन्द्रसिंहको प्रसंशा गर्न चुकेनन् । उनले भने, ‘उनलाई जुन विश्वास गरेर टोलीमा स्थान दिएका थियौँ, त्यसलाई उनले प्रमाणित गरेर देखाए । हामीले मध्यक्रममा राम्रो ब्याट्सम्यान पाएका छौं । नेपालको मध्यक्रममा एउटा खम्बा खडा भएको छ ।’
मेहबुब आलम
पछिल्लो पटक २०१५ मा पीएनजीविरुद्ध खेलेका मेहबुबले करिब दुई वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । आफ्नो नाममा थुप्रै कीर्तिमान लेखाएका मेहबुबले सोमवार उत्कृष्ट बलिङ गरे । उनी सबैभन्दा किफायती बने । ७ ओभर बलिङ गरेका मेहबुबले ५ मेडन राख्दै ११ रन दिएर २ विकेट लिए ।
‘पहिलो खेलमा कन्डिसनका कारण हामीले उनलाई बलिङ दिन सकेनौँ । तर, दोस्रो खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका छन्,’ मुख्य प्रशिक्षक टमाटाले भने, ‘मेहबुबले झन्डै दुई वर्षपछि टोलीमा पुनरागमन गरेका हुन् । उनले ‘म पुरानो मेहबुब आलम हुँ’ भनेर देखाए ।’

Leave A Comment