‘जनजीवनसँग जोडिएका गीत मन पर्छन्’

शनिबार, ०५ चैत २०७३, ०२ : २४ रामकुमार डिसी , Kathmandu
‘जनजीवनसँग जोडिएका गीत मन पर्छन्’

शंकर पोखरेल, सचिव, नेकपा (एमाले)
अचेल के गर्दै हुनुहुन्छ ?
अहिले पार्टीको स्कुलिङ विभागमा मेरो जिम्मेवारी छ । त्यसैले पार्टीका कार्यकर्ता प्रशिक्षणमा व्यस्त छु ।
राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेको हुँ । २०३६ सालको विद्यार्थी आन्दोलनबाट औपचारिक रूपमा राजनीतिमा लागे ।
कुन उद्देश्यले राजनीतिमा लाग्नुभएको थियो ?
त्यो बेलामा पञ्चायतको बिगबिगी थियो । पञ्चायतबाट मुक्ति पाउने नै त्यो बेलाको एजेन्डा थियो ।
अध्ययन कत्तिको गर्नुहुन्छ ?
पार्टीका राजनीतिक कार्यक्रमबाट फुर्सद पाएको बेला पढ्छु ।
कस्ता पुस्तक पढ्नुहुन्छ ?
सञ्चार माध्यममा पुस्तकका समीक्षा आइरहन्छन् । तीमध्ये राम्रा लागेका पुस्तक छनोट गरेर पढ्छु ।
पुस्तक किन्न कति खर्च हुन्छ ?
पुस्तकहरूको सानो संग्रह गरेर राखेको छु । यति नै खर्च हुन्छ भन्ने छैन, कहिले बढी हुन्छ, कहिले कम हुन्छ ।
गीतसंगीतमा कत्तिको रुचि छ ?
फुर्सदको समयमा गीतसंगीत सुनिरहेकै हुन्छु । आधुनिक र जनजीवनसँग जोडिएका गीत मन पर्छन् ।
फिल्म हेर्न हलमा गइन्छ ?
कहिलेकाहीँ परिवारसँगै फिल्म हेर्न हलमा जान्छु । युट्युबबाट पनि धेरै फिल्म हेरिन्छ ।
पछिल्लो पटक हेरेको फिल्म ?
छक्का पञ्जा ।
सोसल मिडियामा धेरै सक्रिय हुनुहुन्छ नि ?
सोसल मिडियामार्फत अरूका धारणा बुझ्न र आफ्ना धारणा राख्न सजिलो हुन्छ । कहिलेकाहीँ राजनीतिक एजेन्डा पनि सोसल मिडियाबाट परिर्वतन हुन्छन् ।
फेसनमा रुचि छ ?
सामान्य रुचि राख्छु । बजारभन्दा पनि समाजले मागेको पहिरन बढी छान्छु । प्यान्ट र सर्ट नै मेरो रोजाइमा बढी पर्छन् ।
खेलकुदमा कत्तिको सहभागी हुनुहुन्छ ?
सानो छँदा त सक्रिय नै थिएँ । अहिले त्यति फुर्सद नै हुँदैन । फुर्सद भए खेल हेरिन्छ ।

 

 

Leave A Comment