घरबार टुटाउँदै स्कार्लेट

शनिबार, ०५ चैत २०७३, ०२ : १८ शुक्रवार , Kathmandu
घरबार टुटाउँदै स्कार्लेट

हलिउड अभिनेत्री स्कार्लेट जोहान्सनको घरबार टुट्ने भएको छ । पति रोमेन डारिएकसँग छोडपत्र गरिपाऊँ भन्दै उनले अदालतमा मुद्दा दायर गरेकी छिन् । निकट भविष्यमै अदालतले सम्बन्ध विच्छेदको आग्रहलाई स्वीकृति दिनेछ ।
जोहान्सननिकट स्रोतका अनुसार अहिले उनको मुख्य ध्यान दुई वर्षकी छोरीलाई आफूसँग राख्न पाऊँ भन्ने छ । ‘डारिएकले पनि छोरीलाई आफूसँग राखिपाऊँ भनी उजुरी हाल्ने भएकाले छोरीलाई जसरी पनि आफूसँग राख्ने उपायको खोजीमा अहिले उनी लागिपरेकी छिन् । उनको समग्र ध्यान अहिले यसैमा छ,’ समाचारमा भनिएको छ ।

Leave A Comment