र्यान्डममा ‘राक्षसको गीत’

शनिबार, ०५ चैत २०७३, ०२ : ०५ शुक्रवार , Kathmandu
र्यान्डममा ‘राक्षसको गीत’

र्यान्डम रिडर्स सोसाइटी अफ नेपालले लेखक तथा पत्रकार किशोर नेपालको निबन्धसंग्रह ‘राक्षसको गीत’माथि पोखरामा परिचर्चा गरेको छ । सोसाइटीको नियमित मासिक कार्यक्रमअन्र्तगत गत शनिवार कृतिको परिचर्चा गर्दै डा. अभि सुवेदीले किशोर नेपालले पत्रकारिता र मिडियाको विषयलाई निबन्धमा उतारेर रोचक प्रस्तुति दिएको बताए । ‘पत्रकारितामा खारिएको किशोरको लेखनले निबन्धलाई निरन्तरता दिन सक्ने हो भने नेपाली साहित्यले राम्रो उपलब्धि हासिल गर्नेछ,’ सुवेदीले भने ।
निबन्धकार नेपालले आफूलाई मन परेका निबन्धको संकलन गरेर ‘राक्षसको गीत’ कृति निकालेको सुनाए । पत्रकारिता र साहित्यका दर्जन कृति लेखिसकेका नेपालले साहित्यका विभिन्न विधामा लेखिरहने प्रतिबद्धता जनाए । कवि तीर्थ श्रेष्ठले किशोर नेपालको लेखनमा आउने जीवन्त पात्रले सिर्जनलाई थप रोचक बनाएको बताए । कार्यक्रममा सुरेश रानाभाट, मीरा ढकाल, ध्रुव केसी, नवराज आचार्य, हीरादेवी शर्मा, टंकराज बराल लगायतले किताबामाथि टिप्पणी गरेका थिए ।

 

Leave A Comment