‘गरिबलाई दुईचार सय नि ठूलो हुन्छ’

शनिबार, ०५ चैत २०७३, ०१ : ५७ शुक्रवार , Kathmandu
‘गरिबलाई दुईचार सय नि ठूलो हुन्छ’

बा.१.ह ४८७८
चालकः ज्ञानबहादुर स्याङ्तान

गुरुजी टाढै ?
हैन, यतै छाउनीसम्म ।
कति टिप भ्याइयो ?    
एक/दुई टिप ।
कुन–कुन रुटमा चलाउनुहुन्छ ?
कालीमाटी, टेकु, त्रिपुरेश्वर, ताहाचल हुँदै छाउनीसम्म ।
दिनमा कति टिप पु¥याइन्छ ?
छ÷सात टिप ।
घर कता प¥यो ?
मकवानपुर, हेटौँडा ।
यता कता बसिन्छ ?
थानकोट, नैकापमा ।
कति वर्ष भयो ड्राइभिङ गर्न थालेको ?
२०५८ सालदेखि थालेको । भयो थुप्रै वर्ष ।
कसरी आइयो यो लाइनमा ?
पहिले विक्रम ट्याम्पू चलाउँथेँ । त्यो हटेपछि केही समय उतै हेटौँडातिरै गएर बसियो । त्यसपछि फेरि काठमाडौँ आएर सफा ट्याम्पू चलाउन थालेँ ।
कमाइ कति हुन्छ ?
त्यही महिनामा १२/१३ हजारजति जोगाइन्छ । गुजारा गर्ने बाटो !
सन्तुष्ट हुनुहुन्छ ?
खै के सन्तुष्ट भन्नु । दुःख छ । ट्राफिकहरूको टेन्सन उस्तै । अझ, साहूले त्यस्तै पेल्छन्, टिप पुगेन भन्छन् । फेरि, काठमाडौँमा जाम त्यस्तै । भ्याइँदैन धेरै टिप गर्न ।
भनेपछि ट्याम्पू साहूको हो ?
हो नि । पहिले दुईतीन वटा किन्दै बेच्दै मलेसियातिर गइयो । उताबाट फर्केर अहिले यही पेशामा छु ।
मलेसियामा कति समय बिताइयो ?
२० महिना ।
त्यहाँ के काम गर्नुहुन्थ्यो ?
कम्पनीभित्र ट्याक्टर चलाउनुपथ्र्यो । अर्काको अन्डरमा बस्नुपर्ने । भनेको समयमा छुट्टी पनि नपाइने । धुलो उत्तिकै खेप्नुपर्ने । धेरै दुःख पाइयो । टिक्न सकिएन र फर्केर आएँ ।
फेरि यही पेशा नै किन गर्नुभएको त ?
जानेको/सिकेको यही छ । अरू के गर्नु त !
प्यासेन्जरको चाप कुन बेला हुन्छ ?
बिहान अफिस टाइममा हुन्छ । हतारोमा कोही त उभेरै, झुन्डेरै भए पनि जान्छन् । दिउँसो अलि खाली–खालीजस्तै हुन्छ । अनि, बेलुका पनि चाप नै हुन्छ ।
गीतसंगीत सुन्नुहुन्छ ?
ठीकठीकै । यसो अल्छी लागेको बेला ट्याम्पूमै वा मोबाइलमा गीत सुनिन्छ ।
फिल्म कत्तिको हेरिन्छ नि ?
फिल्म हेर्ने त फुर्सदै हुँदैन । पेट पाल्नैप¥यो । दिनमा दुईचार सय भए पनि आउँछ भन्ने आशले गुडाइन्छ । गरिबलाई दुईचार सय नि ठूलो हुन्छ । फिल्ममा त्यति ध्यान जाँदैन ।
कति समय ड्युटी गरिन्छ ?
बिहान ५ देखि बेलुकी ७ बजेसम्म । जम्माजम्मी १०/१२ घण्टा ।

प्रस्तुतिः रचना श्रेष्ठ

 

Leave A Comment