आथियाको एक्सन मोह

शुक्रबार, ०४ चैत २०७३, ०१ : १२ शुक्रवार , Kathmandu
आथियाको एक्सन मोह

बलिउड अभिनेत्री आथिया सेट्टीले आफू एक्सनप्रधान फिल्मका लागि बढी उपयुक्त भएको बताएकी छिन् । साथै, एक्सनप्रधान फिल्ममा आफ्नो अभिरुचिसमेत भएको उनले उल्लेख गरिरहेकी छिन् ।
अहिले उनी रोमान्टिक कमेडी ‘मुबारकाँ’का लागि काम गरिरहेकी छिन् । यसमा पनि आफूले आनन्द मानिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘तर, पनि म एक्सन रोलमा देखिन चाहन्छु । त्यस्तो रोलमा म अझ राम्रो गर्न सक्छु जस्तो लाग्छ ।’ उनले अमेरिकाको कस्मेटिक प्रोडक्ट ‘कोलोसल काजल’को विज्ञापनमा बाइकर भएर काम गरिसकेकी छिन् । उनी एक्सन फिल्ममा जमेका अभिनेता सुनिल सेट्टीकी छोरी पनि हुन् ।

 

Leave A Comment