योजनाको ‘म त बस्नै नसक्ने’

शुक्रबार, ०४ चैत २०७३, ०१ : ०९ शुक्रवार , Kathmandu
योजनाको ‘म त बस्नै नसक्ने’

गायिका योजना पुरीको ‘म त बस्नै नसक्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गणेश सुवेदीको शब्द रहेको गीतमा राजिव शाहको संगीत र एरेन्ज रहेको छ । युवराज वाइबाले निर्देशन गरेको गीतको भिडियोमा योजना र केके अधिकारीले अभिनय गरेका छन् । यो गीतको उत्कृष्ट कभर भिडियो बनाउनेमध्ये एकजनालाई आफ्नो नयाँ भिडियोमा अभिनयको अवसर दिने योजनाले घोषणा गरेकी छिन् ।

गोपीको ‘सरर मिनी बस’
गायक गोपी दाहालको ‘सरर मिनी बस’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ । शब्द गोपी स्वयंले तयार गरेका हुन् । राजिव के श्रेष्ठले गीतको भिडियो निर्देशन गरेका छन् । भिडियोमा मोडल श्रेया कार्की र सुशान्त फिचरिङ भएका छन् ।
राधाको ‘नेपालीकी छोरी’
गायिका राधा पुनको ‘नेपालीकी छोरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोको छायांकन एवं सम्पादन दानबहादुर श्रीसले गरेका हुन् भने शब्द तथा निर्देशन गोविन्द पुन, संगीत गायक तथा संगीतकार नवीन रानाको रहेको छ । गायिका तारा श्रीसले स्वर भरेको गीतमा फिचरिङमा सुनीता पुन छिन् ।  म्युजिक भिडियोको कोरियोग्राफी इन्द्र घले, एरेन्ज विनोद बाजुरालीले गरेका हुन् ।

 

Leave A Comment