दंग आलिया

बिहिबार, ०३ चैत २०७३, ०५ : ५४ शुक्रवार , Kathmandu
दंग आलिया

बलिउड अभिनेत्री आलिया भट्ट हिजोआज मख्ख छिन् । आफ्नो नयाँ फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ले बक्स अफिसमा राम्रो ओपनिङ गरेपछि उनी दंग छिन् ।
यसअघिका फिल्ममा पनि उनी भाग्यमानी साबित भएकी थिइन् । उनको डेब्यू फिल्म ‘स्टुडेन्ट अफ दी इयर’ले पनि राम्रो व्यापार गरेको थियो । त्यसपछि ‘हाइवे’, ‘डियर जिन्दगी’आदिबाट पनि उनले तारिफ बटुलिन् । ती फिल्म पनि व्यावसायिक रूपमा सफल थिए ।
‘बद्रीनाथ की दुल्हनिया’ले रिलिज भएको सातामै ४२ करोड भारुको कारोबार गरेपछि उनी प्रसन्न भएकी हुन् । उनीजस्ती नयाँ अभिनेत्रीको फिल्मले गरेको यो व्यापारलाई फिल्म समीक्षकहरूले उत्साहजनक मानेका छन् ।

 

Leave A Comment