‘आउटसाइडर’को होली कन्सर्ट

बिहिबार, ०३ चैत २०७३, ०५ : ४६ शुक्रवार , Kathmandu
‘आउटसाइडर’को होली कन्सर्ट

हरेक वर्ष होलीको अवसरमा कन्सर्ट गर्दै आएको धराने ब्यान्ड द ‘आउटसाइडर’ले यसपटक पनि धरान, भानुचोकमा भव्य कन्सर्ट गरेको छ ।
हरेक वर्ष होली कन्सर्ट गर्दै आएको आउटसाइडरले आफ्ना गीत प्रस्तुत गर्दा धराने दर्शकले नाचेर साथ दिए । आउटसाइडरले आफ्नो नयाँ एल्बम ‘माइली’का विभिन्न गीत प्रस्तुत ग¥यो । होली खेलिरहेका दर्शकको बाक्लो उपस्थिति रहेको कन्सर्टमा दिउँसै डान्स पार्टी पनि आयोजना गरियो । दर्शकले दिनभर कन्सर्टमै होली खेल्दै, नाच्दै रमाइलो गरे । दर्शकलाई रमाइलो गराउन हरेक वर्ष यस्तो कार्यक्रम गर्ने गरिएको ब्यान्डका म्यानेजर सुदीप यल्मोले बताए ।

 

Leave A Comment