मण्डलामा ‘लू’ लाग्यो

बिहिबार, ०३ चैत २०७३, ०५ : ४२ शुक्रवार , Kathmandu
मण्डलामा ‘लू’ लाग्यो

काठमाडौँको मण्डला थिएटरमा नयनराज पाण्डेको उपन्यास ‘लू’ मञ्चन भइरहेको छ । फागुन २७ गतेदेखि मञ्चन सुरु भएको उपन्यासमा आधारित नाटक २० गतेसम्म चल्नेछ ।
सरिता साहले नाट्य रूपान्तरण र निर्देशन गरेकी छिन् । पाण्डेको उपन्यास ‘लू’का प्रमुख पात्र इलैयाको भूमिकामा कलाकार मिलन डी. काप्री र नुसरतको भूमिकामा आरजु खरेल छन् । सीमावासीले वर्षौंदेखि भोग्दै आएको अत्याचारको दृश्य यतिबेला सान्दर्भिक लाग्छ । यसै गरी इलैयाको प्रेमलाई नाटकमा पनि स्वाभाविक चित्रण गर्न खोजिएको छ । तराईमै जन्मे हुर्केकी निर्देशक साहले त्यहाँको वातावरणलाई मञ्चमा दुरुस्तै उतार्ने प्रयास गरेकी छिन् ।
नाटकमा काप्री र खरेलसँगै वीरेन्द्र मुखिया, सुजिता साह, राज शर्मा, विवेक तिवारी, अनिल कुर्मी, सरस्वती अधिकारी, दीपिका ढकाल, पुष्पा यादव, एन्ना देउजा, सुरेश जिसी, कुन्दन चौधरी, सुलभ पाण्डे, सुवास नेपाल, सन्देश शाक्य, समृद्धि चापागाइँ र विपुल पाण्डेले अभिनय गरेका छन् ।

Leave A Comment