खाली हात ऋचा

सोमबार, ३० फागुन २०७३, ०३ : ०२ शुक्रवार , Kathmandu
खाली हात ऋचा

निर्देशकहरू एक समय ऋचा शर्मालाई फिल्म अफर गर्नै डराउँथे । कारण हुन्थ्यो, फिल्म मेकिङमा उनको ज्ञान । फिल्म खेल्ने प्रस्ताव लिएर गएको निर्देशकलाई ऋचाले फिल्म मेकिङको पूरै क्लास दिएर पठाउँथिन् । यस्तोमा  लेखक, छायांकार, एक्टर, कोएक्टर को हुनुपर्ने ? ऋचाको आफ्नै लिस्ट हुन्थ्यो ।  ऋचाको सुझाव देखेर बिचरा निर्देशक निहुरमुन्टी न लगाएर फर्कन्थ्यो । यो त्यो समयको कुरा हो, जब ऋचा व्यस्त थिइन्, ‘उमा’, ‘टलकजंग भर्सेस टुल्के’ जस्ता फिल्मबाट उनले प्रशस्त अवार्ड पाएकी थिइन् । तर, पछिल्लो समय ऋचाका हातमा खासै फिल्म छैनन् । भर्खरै रिलिज भएको ‘लुट २’ले पनि ऋचालाई ‘लाइमलाइट’मा ल्याउन सकेन । धीत मरुञ्जेल हेर्न नपाउँदै  सकिने उनको भूमिका उनका लागि जति अविश्वसनीय थियो, ऋचालाई हेर्न गएका दर्शकका लागि पनि उत्तिकै ‘सकिङ’ ।
राम्रो अभिनय खुबी भएकी ऋचा पहिलो त फिल्मविहीन बन्नु दुःखलाग्दो कुरा हो । अझ अभिनय गरेका फिल्ममा पनि गेस्ट रोलमा देखिनुले शुभचिन्तकको दुःख झनै बढाएको कुरा सायद ऋचाले पनि बुझेकै छिन् । तर, फिल्म मेकिङमा उनको क्लास लिएकाहरूले भने नेपाली उखान दोहो¥याउने गरेका छन्– किन चाउरिस् मरिच आफ्नै रागले ।

 

Leave A Comment