किन टुट्यो सम्बन्ध ?

शुक्रबार, २७ फागुन २०७३, ११ : ५० शुक्रवार , Kathmandu
किन टुट्यो सम्बन्ध ?

कारणविना कार्य हुँदैन भन्ने मान्यतालाई गायिका तथा अभिनेत्री जेनिफर लोपेज पनि स्विकार्छिन् । ‘कुनै पनि कुरा घट्नुका पछाडि कारण हुन्छ । म पूर्वपति मार्क एन्थोनीसँग छुट्टिनुको पनि कारण छ,’ उनले भनिन् ।
तीन वर्षअघि उनले रेकर्डिङ व्यवसायमा संलग्न मार्कसँग सम्बन्ध विच्छेद  गरेकी थिइन् । उनीसँग पुनः सम्बन्ध गाँसिने सम्भावना कति छ भनी सोध्दा उनले भनिन्, ‘त्यस्तो सम्भावना देखिँदैन, किनकि हामीहरूले दुवैको भलाइका लागि छुट्टिने निर्णय गरेका थियौँ । भलाइका लागि चालिएको कदमलाई पुनः किन उल्ट्याउनु ?’ छुट्टिएर बस्दा नै आफूहरू खुशी भएको उनले बताइन् । यद्यपि, उनीहरूले किन सम्बन्ध तोडेका थिए भन्ने बारेमा चाहिँ उनले खुलाइनन् ।

Leave A Comment