शासकको व्यर्थ अभिमान

शुक्रबार, २७ फागुन २०७३, १० : २३ शुक्रवार , Kathmandu
शासकको व्यर्थ अभिमान

प्राचीन समयमा हरिशचन्द्रजस्ता खुला हृदय भएका प्रतापी राजाले यस सांसारिक धर्माचरणरूपी चलन चलाएका थिए । ययाति आदि राजाहरूले यसको प्रतिपालन आफूले गरे, अरूलाई पनि गराए । बलि राजाले शत्रुलाई जितेर हासिल गरेको राज्य नै तृण बराबर सम्झेर अरूलाई दान गरिदिए । तर, वर्तमान समयमा चार÷छ वटा मात्र गाउँ÷शहरको मालिक भएर पनि यी शासकहरू किन अहंकारी भएका छन् ? यो बुद्धिनाशक सन्निपात ज्वरसमान भएको अभिमान किन वर्तमान शासकमा रहिरहन्छ ?
अनेक राजा यस समग्र भूमिलाई एकछिन पनि भोग गर्न नपाएर परमधाम भइसकेका छन् । भूमिको टुक्राले पनि अति सानो अंश भोग्न पाउँदैमा यी मूर्ख मालिक खेद मान्नु त परै जाओस्, गर्वित वा हर्षित पो भइरहेछन् । समग्र पृथ्वीपति भएर भूमिको उपभोग गर्न कसैले पाएका छैनन् । जमिनको अति सानो टुक्राको शासन गर्ने यी स–साना राज्य रजौटाले आफूउपर गर्व गर्ने र हर्षित हुनुपर्ने कुनै कारण देखिँदैन ।
चारैतिरबाट पानी नै पानीले घेरिएको यो पृथ्वीरूपी माटोको टुक्रा निश्चय नै सानो छ । यो सानो टुक्रालाई पनि अनेकौँ राजाले यसरी बेला–बेलामा लडाइँहरू लडेर आफ्नो अधीनस्थ गराई उपभोग गरेका छन् । यसरी अनेकौँ राजाले उपभोग गरेर चिथोरिएको जमिनबाट के धन पाउन सकिन्छ त ? यदि धन पाइने नै सम्भावना देखिएमा पनि योभन्दा कठिन कार्य अरू के नै होला र ? यसरी गरीब दीनदुःखी अवस्थामा गुज्रिरहेकालाई निचोरेर उनीहरूबाट धन कमाउन खोज्नुजस्तो नराम्रो काम गर्ने निच व्यक्तिलाई धिक्कार छ ।
भर्तृहरिको वैराग्यशतक

Leave A Comment