श्रद्धाले मनाइन् जन्मदिन

बिहिबार, २६ फागुन २०७३, ०२ : १३ शुक्रवार , Kathmandu
श्रद्धाले मनाइन् जन्मदिन

बलिउड अभिनेत्री श्रद्धा कपुरले गत साता ३० औँ जन्मदिवस मनाएकी छिन् । अभिनय र गायनमा हात हालेकी उनले परिवार र साथीभाइका साथ जन्मदिन मनाएकी हुन् । श्रद्धा १९८७ मार्च ३ मा जन्मिएकी थिइन् ।
श्रद्धाका बाबु अभिनेता शक्ति कपुर हुन् । कमेडी जान्रका फिल्ममा काम गरेर ख्याति कमाएका बाबुकै कारण छोरी श्रद्धाले फिल्मी क्षेत्रमा पाइला राखेकी हुन् । बर्थडेमा केक काटेर, साथीभाइ र परिवारजनसँग  नाचगान गरेर श्रद्धाले यसपालिको जन्मदिन मनाइन् । फिल्म ‘आशिकी २’मा उनले अभिनय गरेकी थिइन्, जुन हिट भएको थियो । यही फिल्मले उनलाई बलिउडका दर्शकमाझ चिनाएको थियो ।

 

Leave A Comment