पर्यटकलाई चन्द्रमा खुला

बिहिबार, २६ फागुन २०७३, ०२ : ०१ शुक्रवार , Kathmandu
पर्यटकलाई चन्द्रमा खुला

अनौठा ठाउँ घुम्न रुचाउने धनी पर्यटकका लागि उत्साहजनक खबर छ । अब त्यस्ता पर्यटकले चन्द्रमा गएर अवलोकन गर्नसमेत पाउने भएका छन् ।
पर्यटकलाई चन्द्रमा लैजाने कम्पनी ‘स्पेस एक्स’ले यस्तो जनाउ दिएको हो । अर्को वर्ष दुईजना अमेरिकी पर्यटकलाई चन्द्रमा भ्रमण गराउने तय भइसकेको कम्पनीले जनाएको छ । त्यसपछि सबै पर्यटकका लागि चन्द्रमाको ढोका औपचारिक रूपमै खुल्ने कम्पनीले जनाएको छ ।
‘ती दुई नागरिकले चन्द्रमा भ्रमण गर्न लाग्ने पैसा भुक्तान गरिसकेका छन् । उनीहरू अर्को वर्ष चन्द्रमा पुग्नेछन् । त्यसपछि सबैका लागि चन्द्रमाको ढोका खुल्नेछ,’ स्पेस एक्सले जनाएको छ । कम्पनीका मुख्य कार्यकारी अधिकृत एलन मास्कले चन्द्रमा यात्रीले बढी समयसम्म सौर्यमण्डलमा समय बिताउनुपर्ने बताए ।

 

Leave A Comment