मेघा बनिन् ‘मिस टुरिजम’

बिहिबार, २६ फागुन २०७३, ०१ : ५९ शुक्रवार , Kathmandu
मेघा बनिन् ‘मिस टुरिजम’

 मिस टुरिजम नेपालको ताज धरानकी मेघा रसाइलीले पाएकी छिन् । सहारा इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा उपाधि जितेकी मेघाले स्कुटीसँगै सौर्य एयरलायन्समा एयरहोस्टेज बन्ने अवसर पाइन् । प्रतिस्पर्धामा ‘मिस ट्यालेन्ट’को टाइटलसहित फस्ट रनअप भएकी मोरङ, बेलबारीकी स्नेहा वनले ३५ हजार र सौर्य एयरलायन्समा जागिर र ‘वेस्ट क्याटवाक’सहित सेकेन्ड रनरअप भएकी झापा, दमककी सोयाश्री वज्राचार्यले नगद २५ हजार र सौर्य एयरलायन्सको जागिर पाउने कार्यक्रम संयोजक नेत्र कार्कीले बताए ।

माघ ६ गतेबाट सुरु भएको प्रतिस्पर्धाका १५ सहभागीलाई नेहा बजाज र सुभेक्षा कार्कीले प्रशिक्षण दिएका थिए । सहारा क्रिएसन धरान र जुन जुनेली बुटिक विराटनगरको पहिरन डिजाइन रहेको फाइनल कार्यक्रममा गायक प्रकाश पौडेल, पदम राई र विशाल राईले गीत प्रस्तुत गरेका थिए भने गरिमा डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको थियो ।

Leave A Comment