१७ करोडको गफ

बिहिबार, २६ फागुन २०७३, १२ : १९ शुक्रवार , Kathmandu
१७ करोडको गफ

‘लुट’को सिक्वेलबाट धेरैलाई अपेक्षा थियो । फिल्मप्रति उनलाई यति विश्वास थियो कि उनले फिल्मको प्रचारप्रसारमा ठोकेरै फिल्मले १७ दिनमा १७ करोडको व्यापार गर्ने दाबी गरिदिए । उनको दाबी थियो– ‘फिल्मले ‘छक्कापञ्जा’को लाइफटाइम कलेक्सन जम्मा १७ दिनमा ओभरटेक गर्छ र सर्वाधिक कमाउने फिल्मको रूपमा रेकर्ड राख्छ ।’ ‘छक्कापञ्जा’ चलेयता उनको ध्यान यसको रेकर्ड तोड्नमै केन्द्रित थियो ।
‘लुट २’ ले वाग्लेको दाबी पूरा गर्नु त परेको कुरा निर्देशक निश्चल बस्नेतको साख पनि बचाउन सकेन । फिल्मले दर्शकलाई ‘अन्डरएस्टिमेट’ गरेको खप्की खाइरहेको छ । सधैँ ‘ओभर कन्फिडेन्ट’ देखिने वाग्ले फिल्म सोचेअनुरूप नचलेपछि आफैँ फिल्मको व्यापार सात करोडमा खुम्चिएको बताउन थालेका छन् । तर, यसो भनिरहँदा पनि वाग्लेले हिम्मत भने हारेका छैनन् । अनौपचारिक कुराकानीमा भन्ने गरेका छन् , ‘लाइफटाइम कलेक्सनमा त हो नि पछि परेको, नत्र अब अरू रेकर्ड त हाम्रै नाममा छन् नि ।’ वाग्लेको ‘स्पिरिट’ लाई चाहिँ  मान्नैपर्छ ।

Leave A Comment