फलामजस्तो अण्डकोष

मङ्गलबार, २४ फागुन २०७३, ०३ : २० शुक्रवार , Kathmandu
फलामजस्तो अण्डकोष

पुरुषको सबैभन्दा संवेदनशील अंगमा पर्छ, अण्डकोष । तर, आफ्नो अण्डकोषमा एक चिनियाँ नागरिक मार्सल आट्र्समा पारंगत व्यक्तिहरूलाई लात्तीले जोरसँग हान्न लगाउँछन्, काठको भीमकाय मुढा अण्डकोषमा वर्षाउन लगाउँछन् । तर, पनि उनलाई केही हुँदैन । किनकि, उनको अण्डकोष फलामभन्दा बलियो छ ।
यस्तो बलियो अण्डकोष भएका व्यक्ति हुन्, मार्सल आट्र्सका गुरु वेई याओबिन ।
अण्डकोष बलियो बनाउनु कुङ–फूको एउटा कला भएको र त्यस कलामा पारंगत भएर आफूले अण्डकोषमा जस्तोसुकै प्रहार पनि सहन सकेको उनी बताउँछन् । ‘यो कला सिकेको १० वर्षभन्दा बढी भयो । अण्डकोषमा इँटाले हिर्काएर म इँटालाई धुलो पारिदिन सक्छु,’ उनले भने ।

 

Leave A Comment