डिजिटल संसारमा जुही

मङ्गलबार, २४ फागुन २०७३, ०१ : ३६ शुक्रवार , Kathmandu
डिजिटल संसारमा जुही

मूलधारका थुप्रै फिल्ममा काम गरेर सफलता हात पारिसकेकी बलिउड अभिनेत्री जुही चावलाले अब डिजिटल संसारमार्फत आफूलाई प्रस्तुत गर्ने भएकी छिन् । हालसालै कन्नड भाषाको फिल्म ‘पुष्पक विमान’को एउटा गीतमा देखापरेकी उनी अब ‘वेब सिरिज’मा देखापर्ने भएकी छिन् । उनले काम गर्ने वेब सिरिज टीभी सिरियल र फिल्मको मिश्रणजस्तो हुनेछ । सो सिरिज वेबमा राखिनेछ र दर्शकले सीधै सिरिज हेर्न सक्नेछन् । सिरिजलाई नागेश कुकनुरले निर्देशन गर्नेछन् ।
‘प्रमुख प्रहरीको भूमिकामा महिलाहरूलाई त्यति लिइँदैन । उनीहरूलाई सहायक भूमिकामा मात्र देखाइन्छ । वेब सिरिजमा जुही उच्च ओहोदाकी प्रहरी अधिकारीको भूमिकामा देखापर्नेछिन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment