दमका रोगीले के खाने, के नखाने ?

सोमबार, २३ फागुन २०७३, ०३ : १६ शुक्रवार , Kathmandu
दमका रोगीले के खाने, के नखाने ?

के खाने ?
भिटामिन–सी

दमका रोगीले भिटामिन–सीयुक्त खाना बढी खानुपर्छ । भिटामिन–सीले इन्फ्लामेसन र जलन कम गर्न मद्दत गर्छ । यसले फोक्सोलाई बलियो बनाउने र श्वाससम्बन्धी समस्या कम गर्ने गर्छ । भिटामिन–सीका लागि कागती, अमला, सुन्तला, टुसा उमारेका गेडागुडी खानुपर्छ ।
फलफूल
दमका रोगीले गाजर, रातो र पहेँलो खुर्सानी, भेँडे खुर्सानी, पालुङोजस्ता सागतरकारी बढी खानुपर्छ ।
भिटामिन–बी
दमका रोगीका निम्ति भिटामिन–बी लाभदायक हुन्छ । हरियो सागसब्जी र दालमा भिटामिन–बी बढी पाइने भएकाले यस्ता खानामा जोड दिनुपर्छ ।
प्याज
हरियो प्याज अथवा रातो प्याज दुवै दमका रोगीका लागि लाभकारी हुन् । प्याजमा सल्फर पाइन्छ, जसले दमका कारण हुने जलनलाई कम गरी बिरामीलाई राहत दिन्छ । श्वाससम्बन्धी समस्या भएकाहरूका लागि पनि प्याज उपयुक्त हुन्छ ।
माछा
दमको समस्या भएकाहरूले सलमन प्रजातिका माछा बढी खानुपर्छ । सलमन माछा पाइँदैन भने अन्य माछा खाए पनि हुन्छ ।
दुग्ध परिकार
दुग्ध पकिार सानैदेखि मनग्ये खानेलाई दमको रोग लाग्ने जोखिम कम हुन्छ । दम भइसकेकाहरूले पनि दुग्ध परिकार खानमा जोड दिनुपर्छ ।

के नखाने ?
मसलायुक्त खाना

मसलायुक्त खानाबाट दमका रोगीले भरसक परै रहनुपर्छ । मसलायुक्त खाना खानाले मुख, घाँटी र फोक्सोका कोशिका उत्तेजित हुन पुग्छन् । जसले दमको असरलाई बढाउँछ ।
भिटामिन–ई
दमका रोगीले भिटामिन–ईयुक्त खाना भरसक नखाने । सबैखालका खाने तेलमा भिटामिन–ई पाइने भएकाले तरकारी पकाउँदा तेल सकेसम्म कम हाल्नुपर्छ । सूर्यमुखीको तेलमा भिटामिन–ई कम पाइने भएकाले सकेसम्म त्यही तेलको प्रयोग गर्ने ।

 

Leave A Comment