कंगनाको सेखी

सोमबार, २३ फागुन २०७३, ०३ : ११ शुक्रवार , Kathmandu
कंगनाको सेखी

कंगना रनोट बलिउडकी बोल्ड अभिनेत्रीमा गनिन्छिन् । कसैसँग नदब्ने र मनको कुरा हाकाहाकी राख्ने उनको स्वभाव छ । तर, पछिल्लो पटक उनले बोलेको कुरालाई लिएर बलिउड वृत्तमा आलोचना भइरहेको छ ।
बलिउडमा तीन खान (सलमान, शाहरुख र आमिर) सबैभन्दा बढ्ता स्थापित छन् । यी अभिनेतासँग फिल्ममा काम गर्न अभिनेत्रीहरू मरिहत्ते गर्छन् । तर, कंगनाले यी तीनमध्ये कसैसँग पनि काम गर्न इच्छा नभएको बताएकी छिन् ।
करन जौहरको टेलिभिजन कार्यक्रम ‘कफी विद करन’मा सहभागी हुन पुगेकी कंगनासँग करनले ‘तीन खानमध्ये कोसँग काम गर्न चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भनेकी थिइन्, ‘कसैसँग पनि चाहन्नँ ।’

 

Leave A Comment