छोरी ज्याक्सन

सोमबार, २३ फागुन २०७३, ०१ : २१ शुक्रवार , Kathmandu
छोरी ज्याक्सन

पपगायक माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सन संगीतमा रुचि त राख्छिन् तर यसैमा करिअर बनाउने वा प्रसिद्धि खोज्ने धुनमा भने छैनन् । ‘मलाई संगीतप्रति लगाव नभएको होइन,’ उनले भनिन्, ‘तर, मेरा बाबुले झैँ सांगीतिक क्षेत्रमा करिअर बनाउने इच्छा मलाई छैन ।’
यति हुँदाहुँदै पनि संगीतप्रतिको लगावलाई भने आफूले नत्याग्ने उनले बताइन् । ‘अहिले पनि म आफ्ना लागि गीत तयार गर्छु । गीतमार्फत म आफ्ना भावना व्यक्त गर्छु । योसम्म ठीक छ । तर, यसभन्दा अघि बढेर यसैमा करिअर बनाउने कुरा मैले सोचेको पनि छैन,’ उनले भनिन् । साथै, संसारको सबैभन्दा प्रेरक व्यक्ति आफूलाई बाबु माइकल नै लाग्नेसमेत उनले बताइन् ।

Leave A Comment