मोबाइलले जासुसी त गरिरहेको छैन ?

सोमबार, २३ फागुन २०७३, १२ : ४८ शुक्रवार , Kathmandu
मोबाइलले जासुसी त गरिरहेको छैन ?

किरोन वार्ली/बीबीसी
क्रिसमसको बेला, मैले आफन्तलाई उनलाई ज्याकेट उपहार दिनेबारे सोचेँ । पसलमा गएर हेर्दा रातो ज्याकेट र त्यसमा जडेको फूल मन प¥यो । मैले त्यो ज्याकेट मन पर्ला कि नपर्ला भनेर फोन गरेर सोधेँ । अर्को दिन मैले मेरो फेसबुकमा ठ्याक्कै त्यही ज्याकेट विज्ञापनका रूपमा देखेँ । यो देखेर म चकित परेँ । मैले यो कुरा केही साथीलाई सुनाएँ र तिनले पनि यस्तै मिल्दोजुल्दो घटना सुनाए ।
गएको वर्ष अमेरिकी टेलिभिजन एनबीसीले फेसबुकले तपाईंका कुरा सुनिरहेको त छैन भनी एउटा परीक्षण ग¥यो । परीक्षणका लागि युनिभर्सिटी अफ साउथ फ्लोरिडाका मास कम्युनिकेसन्सका प्राध्यापक केली बन्र्सलाई नियुक्त ग¥यो । केलीले फोनमा फेसबुक एप चलाउँदा उनले आफू अफ्रिकी सफारी गर्न रुचाउने र त्यहाँ जानु उत्साहजनक भएको लेखिन् । एक मिनेटभित्रै उनको फेसबुक फिडमा सवारीसम्बन्धी समाचार, टिप्पणी आदि देखिन थाल्यो । यो कुरा अखबारले निकै महŒवका साथ लेखे, प्रसारण गरे ।
म आफैँले पनि नयाँ प्रयोग गर्नेबारे सोचेँ । एउटा साइबर सेक्युरिटी कम्पनीका परीक्षकसँग सल्लाह गरेर नयाँ मोबाइल फोन लिएँ र नयाँ सिम कार्ड हालेँ । त्यसमा मैले नयाँ प्रोफाइल बनाएँ । पुरानो प्रोफाइल अथवा सर्च हिस्ट्री यसमा नजोडियोस् भनेर मैले यसो गरेको थिएँ । मैले बेग्लै नामको जिमेल, फेसबुक आईडी बनाएँ । यसपछि मैले फोनको माइक्रोफोन अन गरेर यत्तिकै कुरा गर्न थालेँ ।
अनि, मैले ज्याकेटको कुरा गरेँ । भरे त त्यही रातो ज्याकेट देखिन थाल्यो । आइफोन र म्याक कम्प्युटरमा पनि त्यही रातो ज्याकेट सुरुमा देखियो ।
त्यसपछि मैले ड्रोन खोजेँ, सफ्टड्रिंक खोजेँ । ड्रोन त सजिलै देखियो तर निकै कमले सुनेको सफ्ट ड्रिक ‘ड्राकोला’का बारेमा कैयौँ पटक कुराकानी गर्दा र खोज्दा पनि त्यसबारे फिटिक्कै केही सूचना देखाएन ।
गएको वर्ष फेसबुकले यस्ता कुराको आशंका मेट्न कम्पनीले विज्ञप्ति नै जारी ग¥यो, ‘फेसबुकले तपाईंका कुरा सुन्दैन ।’
गुगल प्रवक्ता एमिली क्लार्कले पनि माइक्रोफोनले कुनै डाटा संकलन नगर्ने बताइन्, तर ‘ओके गुगल’ भनिसकेपछिका डाटा चाहिँ रेकर्ड गर्ने गरेको जनाइन् । उनले आफूसँग हरेक व्यक्तिको जम्मा भएको जानकारी अन्य कसैलाई नबेच्ने पनि बताइन् । ‘ती कुरा त तपाईंका रुचिका विषय पत्ता लगाउन आफूले मात्र प्रयोग गर्ने’ उनको भनाइ थियो ।
पेन टेस्ट पार्टनर नामक संस्थाका डेभिड लज र केन मुनरोले गरेको एउटा परीक्षणमा चाहिँ फोनमा माइक्रोफोन अन गरिएको अवस्थामा हरेक कुराकानी बेग्लै सर्भरमा पुग्ने गरेको छ । साइनेक साइबर सेक्युरिटी कम्पनीका शोधकर्ता प्याट्रिक वार्डलले हालै एउटा ‘ओभरसाइट’ नामक एप बनाए । यसको काम नै कसैले तपाईंको आवाज रेकर्ड गर्न थाल्यो वा त्यसको दुरुपयोग हुन आँट्यो भने तपाईंलाई जानकारी दिन्छ । उनलाई मैले सोधेँ, ‘फेसबुक, गुगल र इन्स्टाग्रामले फोनको माइकमार्फत तपाईंका हरेक कुरा सुन्छन् ?’ उनको जवाफ थियो, ‘केही एपले यस्तो गर्न सक्छन् र त्यो तपाईंका लागि खतरनाक छन् ।’
सन् २०१५ मा एउटा अखबारले सामसुङको स्मार्ट टीभीले तपाईंको कुरा सुन्न सक्ने खबर छापेको थियो । सामसुङको निजत्वबारेको नीतिमा लेखिएको छ, ‘तपाईंका कुराकानीमा संवेदनशील जानकारी हुन सक्छ र ती संकलन गरिएका डाटा एकमुष्ट रूपमा तेस्रो पक्षसम्म पुग्न सक्छ ।’ उसले उपभोक्ताको सहमतिमा मात्र तेस्रो पक्षसम्म डाटा पुग्ने बताएको थियो ।
एन्ड्रोइड र आईओएस एपमा केही फरक छ । आईओएसले माइक्रोफोन प्रयोग गर्नुपर्ने अवस्थामा प्रयोगकर्तासँग स्वीकृति माग्छ तर एन्ड्रोइडले त्यस्तो गर्दैन । एन्ड्रोइडले कुनै एप इन्स्टल गर्ने बेला नै त्यो स्वीकृति लिइसकेको हुन्छ । धेरैले ओके गर्नुअघि ती सबै कुरा पढ्दैनन् ।
यसको उपचार के छ त ? आइफोनको सेटिङमा जानुस् र प्राइभेसीमा गई माइक्रोफोन अफ गर्नुस् । एन्ड्रोइडमा अलि बढी मेहनत गर्नुपर्छ । पहिले सेटिङमा जानुस्, त्यसपछि प्राइभेसीमा छिर्नुस् र त्यहाँका हरेक एपमा दिइएका बेग्लाबेग्लै अनुमतिअनुसार परिवर्तन गर्नुस् ।
अन्ततः के भन्न सकिन्छ भने अधिकांश एपले मोबाइलमार्फत हाम्रा कुरा सुनिरहेका छन् । त्यसैले धेरैजसो एप चलाउनुअघि नै माइक्रोफोन प्रयोग गर्न स्वीकृति दिनुअघि सोच्नुस् ।

 

Leave A Comment