ताराको ‘चुम्बक’

आइतबार, २२ फागुन २०७३, ०१ : २८ शुक्रवार , Kathmandu
ताराको ‘चुम्बक’

गायक तारालक्सम लिम्बूको ‘चुम्बक हौ कि तिमी त’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द रहेको गीतमा संगीत तारा स्वयंले भरेका छन् । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स’का प्रतिस्पर्धी सुनील क्षत्रीले कोरियोग्राफी गरेको भिडियोको निर्देशन सागर राजले गरेका छन् । भिडियोमा एलिसा राई, सुनील क्षत्री, नेपाली ठिटोज (ग्रुप) लगायत फिचरिङमा छन् ।
भक्तको ‘अध्यात्म’
नवोदित गायक भक्त घलेले आफ्नो पहिलो एल्बम ‘अध्यात्म’ सार्वजनिक गरेका छन् । अध्यात्ममा विमल राई, विष्णु राहगीर, अर्जुन सापकोटा, तिल गुरुङ, पुष्पलता आचार्यका शब्द रहेका छन् । जीवन अधिकारी, हरि आरडी मनोज राज र भक्त घलेको संगीत छ । गीतको म्युजिक भिडियो निर्देशन समन अधिकारीले गरेका छन् । एल्बममा ‘शान्ति गराऊ प्रभु, ‘राम भजुँ या श्याम’, ‘मनको मैलो धोएर’, ‘चरणमा श्रद्धा’लगायत आठ वटा गीत छन् । एल्बमलाई जिनियस डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

 

Leave A Comment