पहिरन सम्हाल्न नसक्दा

आइतबार, २२ फागुन २०७३, ०१ : २६ शुक्रवार , Kathmandu
पहिरन सम्हाल्न नसक्दा

गायिका तथा अभिनेत्री पेरिस हिल्टन व्यापारी पनि हुन् । उनलाई पैसाको कमी छैन । त्यही भएर उनी सार्वजनिक सभा–समारोहमा जानुपर्दा करोडौँको पहिरन लगाएर जाने गर्छिन् ।
गत साता उनी ‘हलिउड ब्युटी अवार्ड’ कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । महँगो सिल्भर गाउन लगाएकी थिइन्, जसको मूल्य २ लाख ७० हजार अमेरिकी डलर पथ्र्याे । तर, यही पहिरन उनलाई घाँडो भयो ।
‘त्यो पहिरनमा उनी निकै खुलेकी थिइन् । तर, पनि पहिरनले उनलाई  अप्ठेरो बनाएको थियो । एकपटक उनले स्तनतिर बढी खुल्न खोजेको पहिरनलाई मिलाउनुपरेको थियो । अर्कोपटक पहिरनको फेरलाई उनको हिलले च्याप्न पुगेको थियो,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment