छरितो कम्मरका लागि

आइतबार, २२ फागुन २०७३, ०१ : ०१ शुक्रवार , Kathmandu
छरितो कम्मरका लागि

कम्मर वरपर बढी बोसो जम्मा भयो भने यसले स्वास्थ्य र सुन्दरता दुवैमा प्रभाव पार्छ । कम्मर वरपरको बोसो यसरी कम गर्न सकिन्छः
 
फ्याट कम गर्नुपर्छ
फ्याटको मात्रा बढी हुने खाना सकेसम्म कम खानुपर्छ । जैतुनको तेल, ड्राइफुट्स, डार्क चकलेट आदिले वजन घटाउँछ । त्यसैले यी खानेकुराबाट टाढै बसेको राम्रो ।

व्यायाम गर्नुपर्छ
नियमित व्यायाम गर्दा दिमागमा उत्सर्जन हुने रसायनले शरीरमा रहेको बोसोलाई ऊर्जामा रूपान्तरण गर्छ । कम्मर छरितो बन्छ ।
 
जंक फुड खानु हुँदैन

फास्ट फुडमा कार्बोहाइड्रेट बढी हुन्छ । कोक, फेन्टा, इनर्जी ड्रिंक्समा पनि चिनीको मात्रा बढी हुन्छ । यस्ता खानाले शरीरमा चिनी र इन्सुलिनको मात्रा ह्वात्तै बढाउँछ । इन्सुलिन बढी भएमा शरीरको मध्य भागमा बढी बोसो जम्मा हुन्छ ।

सलाद बढी खानुपर्छ
सलाद र फलफूलमा प्रोटिन र भिटामिन्स बढी पाइन्छ । जस कारण कम्मर वरिपरि बोसो जम्मा हुँदैन । त्यही भएर भोक लागेको बेलामा जंक फुडको सट्टा सलाद र फलफूल खाने बानी बसाल्नुपर्छ ।
 
म्याग्नेसियम खानुपर्छ
म्याग्नेसियमयुक्त खाना बढी खाने मानिसको रगतमा चिनी र इन्सुलिनको मात्रा सन्तुलित अवस्थामा रहन्छ । म्याग्नेसियमका लागि दिनमा दुई पटक हरियो सागसब्जी, केरा र सोयाबिन खानुुपर्छ ।  

रातो मासु कम खानुपर्छ
रातो मासुले शरीरको तौल बढाउँछ । त्यही भएर रातो मासुको सट्टा कुखुराको मासु खानु उचित हुन्छ ।

माछा खानुपर्छ
मासुको सट्टा माछा खानाले कम्मर वरिपरि बोसो जम्मा हुन पाउँदैन । माछामा पाइने तŒवले कम्मरमा बोसो जम्मा हुन दिँदैन । त्यसैले माछा खानमा जोड दिनुपर्छ ।

मदिरा घटाउनुपर्छ
बढी मदिरा सेवन गर्ने महिलाको शरीरमा बोसो पनि बढी नै जम्मा हुने गर्छ । त्यही भएर कम्मरको बोसो कम गर्न मदिराजन्य पदार्थ नखाने अथवा कम खाने गर्नुपर्छ ।
 
पसिना निकाल्नुपर्छ

पसिना निकल्ने गरी काम अथवा व्यायाम गरेमा शरीरमा इन्सुलिनको मात्रा सन्तुलनमा रहन्छ । शरीरमा रहेको क्यालोरी पनि नष्ट हुन्छ । पसिना निकाल्ने सबैभन्दा उपयुक्त उपाय जगिङ हो ।

 

Leave A Comment