गुपचुप इन्गेजमेन्ट

आइतबार, २२ फागुन २०७३, १२ : ५५ शुक्रवार , Kathmandu
गुपचुप इन्गेजमेन्ट

तीन वर्षअघि फिल्म ‘स्टुपिड मन’बाट अभिनय थालेकी थिइन्, चाँदनी शर्माले । जापानमा पढिरहेकी उनी फिल्म रिलिज नहुँदै जापान हानिइन् । केही महिनाअघि मात्र नेपाल फर्केकी उनले इन्गेजमेन्ट गरेको खबर छ । अपुष्ट समाचारअनुसार चाँदनीले रेस्टुरेन्ट व्यवसायी अजय पोखरेलसँग टीकाटालो गरिसकेकी छन् ।

बेलाबखतमा दुवैले सामाजिक सञ्जालमा सँगसँगै भएको फोटो राखेर आफ्नो सम्बन्धका बारेमा भनक नदिएका होइनन् तर सम्बन्धले नयाँ नाम पाइसकेको खबर उनीहरूले औपचारिक रूपमा सार्वजनिक गरेका छैनन् ।  हालसालै ‘लम्फू’ फिल्मको प्रेस–मिटमा भेटिएकी चाँदनीलाई पत्रकारले सोही सम्बन्धमा राखेको जिज्ञासामा उनले इन्गेजमेन्टको खबर सरासर झुटो रहेको दाबी गरेर पत्रकारलाई जिल्ल पारिदिइन् । जबकि दुवैको विवाह हुने मितिको बारेमा छलफल चलिरहेको चर्चा छ ।

ब्वाइफ्रेन्ड लुकाउने मामिलामा हिरोइनले देखाएको ‘डिप्लोमेसी’ हेर्दा त विदेशमा राजदूत अरूलाई हैन, नेपालका हिरोइनलाई बनाउनुपर्ने देखिन्छ ।  कति सजिलै थाङ्नामा सुताइदिन्छन् !

Leave A Comment