बिपाशाको चुम्बन

आइतबार, २२ फागुन २०७३, १२ : ३४ शुक्रवार , Kathmandu
बिपाशाको चुम्बन

अहिले फिल्म क्षेत्रमा त्यति सक्रिय नरहेकी बलिउड अभिनेत्री बिपाशा बसु कुनै समय बलिउडकै ‘हट’ अभिनेत्रीमा गनिन्थिन् । गोवामा हालसालै उनले पति करनसिंह ग्रोवरसँग ‘लिप–लक’ गर्दै गरेको भिडियो सार्वजनिक भएपछि उनका फ्यानले कुनै बेला बिपाशाले हट सिन दिने गरेको क्षण सम्झिएका छन् ।
गत साता करनको ३५ औँ जन्मदिन थियो । यस अवसरमा बिपाशाले उनलाई गोवामा ‘सरप्राइज पार्टी’ दिएकी थिइन् । पार्टीमा बिपाशाकी बहिनीहरू र फिटनेस ट्रेनर डिने पाण्डेलगायत सहभागी थिए । पार्टीकै बीचमा बिपाशाले पति करनलाई अत्यन्त प्रेमपूर्वक चुम्बन गरेकी थिइन् । पतिसँग उनले पार्टीमा ‘लिप–लक’ गरेको फोटो र भिडियोलाई भारतका विभिन्न अनलाइनले समाचार बनाएका छन् ।

Leave A Comment