कामका लागि कुवेत जाने तयारी गरिरहेकालाई टिप्स

शनिबार, २१ फागुन २०७३, ०१ : ०३ शुक्रवार , Kathmandu
कामका लागि कुवेत जाने तयारी गरिरहेकालाई टिप्स

–कुवेतको शासन व्यवस्था राजतन्त्रात्मक हो ।
–कुवेतको मुद्रालाई कुवेती दिनार (केडी) भनिन्छ ।
–कुवेतको तापक्रम बढीमा ५८ डिग्री र घटीमा १७ डिग्री हुने गर्छ ।
–कुवेतमा अरबिक, अंग्रेजी र हिन्दी भाषा बोलिन्छ ।
–पेट्रोलियम, ग्यास, कच्चा तेलको उत्पादन र प्रशोधन त्यहाँको मुख्य उद्योग हो ।
–कुवेतको मुख्य धर्म इस्लाम हो । रमजानका बेला सार्वजनिक स्थानमा बसेर खान, पिउन, होहल्ला गर्न पाइँदैन । कुरान धार्मिक ग्रन्थ हो । र, कुरानलाई संविधानसरह मानिन्छ । कुवेतमा नेपाली राजदूतावास छ । अप्ठ्यारो परेको खण्डमा त्यहाँस्थित नेपाली राजदूतावासको फोन नम्बर ९६५–२५–२५३२१६२८ मा सम्पर्क गर्न सकिन्छ ।
–जुन कम्पनीमा काम गर्न भनी गएको हो त्यसभन्दा अन्यत्र काम गर्न गएमा गैरकानुनी मानिन्छ । त्यस्ता कामदारलाई जेल सजाय हुन सक्छ ।
–मादक पदार्थको सेवन तथा खरिदबिक्री गर्न पाइँदैन । गरेमा जेल सजाय हुन्छ ।
–रोजगारदाता मुलुकको धर्म, संस्कृति, चालचलन र अन्य व्यवहारको पालना र सम्मान गर्नुपर्छ ।
–सवारी तथा ट्राफिक नियमको पालना गर्नुपर्छ । जथाभावी बाटो काट्नु हुँदैन । ट्राफिक नियमको पालना नगर्दा धेरै युवाहरू सवारी दुर्घटनामा परी ज्यानै गुमाएका छन् ।
–कसैको उक्साहटमा लागेर बन्द, हडतालमा उत्रनु हुँदैन । कुवेतलगायत खाडी मुलुकमा बन्द, हडताल गैरकानुनी मानिएको छ ।
–कोठामा बस्दा वा सुत्दा एसी सही तरिकाले प्रयोग गर्नुपर्छ । घाममा काम गर्दा पर्याप्त पानी पिउनुपर्छ । आफ्नो स्वास्थ्य र शारीरिक क्षमताभन्दा बढी काम गर्नु हुँदैन । यसो गर्दा कुनै दुर्घटना या हृदयाघात हुन सक्छ ।
–कुवेतमा काम गर्ने प्रत्येक नेपालीसँग सम्झौतापत्र हुनैपर्छ । तपाईंले नेपालमै कामको विस्तृत विवरण तथा सेवा, सुविधा उल्लेख भएको सम्झौतापत्र वा नियुक्तिपत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । कुवेत पुगेपछि तपाईंले सम्झौतापत्रको सक्कलप्रतिमा  हस्ताक्षर गर्नुपर्ने हुन्छ । नेपालमा वा कुवेतमा तपार्ईंले सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि सम्झौतापत्र राम्ररी पढेर त्यसमा उल्लेख भएका सबै शर्तहरू राम्ररी बुभ्mनुपर्छ ।

 

Leave A Comment