‘म एकदमै जिद्दी छु’

शनिबार, २१ फागुन २०७३, ०१ : ०१ शुक्रवार , Kathmandu
‘म एकदमै जिद्दी छु’

तीन पटक राष्ट्रिय पुरस्कार जितेकी बलिउड अभिनेत्री कंगना रनोट पछिल्लो वर्ष ऋतिक रोशनसँगको विवादका कारण चर्चामा थिइन् । अहिले भने उनी फिल्म ‘रंगून’ का कारण चर्चामा छिन् । एक भारतीय मिडियासँग उनले प्रेम, विवाद र फिल्मबारे गरेको कुराकानीः

गत वर्ष तपाईं ऋतिकसँग सम्बन्धमा आएको विवादका कारण चर्चामा हुनुहुन्थ्यो नि ?
दुई जना मानिस सँगै काम गर्छन् भने उनीहरूबीच स्वाभाविक रूपले विवाद हुन्छ । फिल्म इन्डस्ट्रीका लागि विवाद, ब्रेकअप वा लिंकअप कुनै नौला कुरा होइनन् ।

ऋतिक प्रकरण खासै ठूलो कुरा होइन भन्न खोज्नुभएको हो ?
हो । यो कुनै ठूलो कुरा होइन । इन्डस्ट्रीमा यस्ता धेरै केस भएका छन् । यसभन्दा पनि भयंकर । यसमा कसैको हानि–नोक्सानी भएको छैन । यो एउटा रोमान्टिक लिंकअप थियो । यसमा न कोही अदालत गयो, न अन्य कतै ।

यस प्रकरणमा इन्डस्ट्रीले तपाईंलाई साथ दिएन जस्तो लागेन ?
मलाई लाग्छ इन्डस्ट्रीलाई आफ्नो कामसित मात्र मतलब छ । यहाँ कसैसँग कसैका लागि समय छैन । यहाँ मान्छेहरू एकअर्काको गसिप पढेर अगाडि बढ्छन् । ऋतिकसँगको विवाद सानो कुरा थियो । यसमा कसैले कसैलाई के साथ दिन्थ्यो ? तर, जब–जब मलाई आवश्यकता प¥यो, इन्डस्ट्रीले मलाई साथ दिएको छ । म पनि आफ्ना साथीहरूका लागि सक्दो गछृु । कहिलेकाहीँ यहाँ साना कुरा पनि भयंकर बनाएर प्रस्तुत गरिन्छ । मेरो जीवनमा योभन्दा पनि ठूला र गम्भीर घटना भएका छन् ।
प्रेममा तीतो अनुभव बटुल्नुभयो ?
प्रेमबाट म टाढिएकी छैन । अहिले सिंगल छु । आशा गर्छु मेरो योे स्ट्याटस बदलियोस् ।

तपाईं सधैँ फरक चरित्र गर्न रुचाउनुहुन्छ ?
दमदार र मुख्य भूमिका गर्ने चाहना हरेक अभिनेत्रीको हुन्छ । फिल्म ‘क्विन’बाट मेरो छुट्टै पहिचान बनेको छ । अहिले मेरा लागि राम्रो स्क्रिप्ट आउँछन्, राम्रा भूमिका लेखिन्छन् । आफू योग्य भए पछि न यस्तो हुने हो ।

आफूलाई कसरी परिभाषित गर्नुहुन्छ ?
म बढी प्य्राक्टिल छु भन्छन् सबै । मेरा निकटस्थका अनुसार कुनै निर्णय लिँदा म दिमागले सोच्छु । ममा भावना छैनन् । म कठोर छु । तर, मलाई लाग्छ– म अप्ठ्यारो समयमा पनि निर्णय गर्न सक्ने क्षमता राख्छु । मेरा पनि भावना जाग्छन् तर म लुकाउँछु । कसैलाई देखाउँदिनँ । तर, मेरो एउटा कमजोरी छ, म एकदमै जिद्दी स्वभावकी छु । केही गर्छु भनी ठानेपछि नगरी छोडदिनँ ।

भविष्यमा राम्रो स्क्रिप्ट पाइएन भने के गर्ने ? भन्ने डर लाग्दैन ?
यो भूमिका त गरिसकेँ अब के गर्ने ? भन्ने दबाब एउटा अभिनेत्रीमाथि हुन्छ । अहिले मेरोमा हरेक दिन दुइटा स्क्रिप्टका प्रस्ताव आउँछन् । कतिपयका कथा महिलाप्रधान पनि हुन्छन् । तर, तिनमा दम हुँदैन । बायोपिकका अफर पनि आउँछन् । दोहोरो भूमिका भएका स्क्रिप्ट पनि आउँछन् । यी मेरा लागि नयाँ कुरा होइनन् । ‘क्विन’ जस्ता फिल्म गर्दा अब मजा आउँदैन । भूमिकाका मामिलामा धेरै अगाडि बढिसकेँ ।

Leave A Comment