फोहोरको बोरामा पैसैपैसा

शनिबार, २१ फागुन २०७३, १२ : ०४ शुक्रवार , Kathmandu
फोहोरको बोरामा पैसैपैसा

अमेरिकी राज्य साउथ क्यारोलिनाका ग्रिफिन नाम गरेका एक बालक अहिले चर्चाको विषय बनेका छन् । फोहोर फाल्ने ठाउँमा उनले भेटेको एउटा ब्यागमा पैसैपैसा भेटेपछि उनी चर्चाको विषय बन्न पुगेका हुन् ।
बाबुसँग पेट्रोल पम्प गएका उनी बाबु पेट्रोल भर्न व्यस्त भएपछि जुस खान भनेर नजिकको पसलतिर गए । बाटोमा उनले २० डलरको नोट भेटे र बुबालाई देखाए ।
जुस खाइसकेपछि जुसको खोल फाल्न डस्टबिनमा जाँदा उनी चकित परे । त्यहाँ एउटा बोरा थियो, जुन पैसाले भरिएको थियो ।
यति धेरै पैसा फेला पारेपछि पनि उनको मन लोभिएन । उनले पैसा प्रहरीको जिम्मा लगाइदिए, जसकारण उनले अहिले सबैतिरबाट तारिफ पाइरहेका छन् ।
अनुसन्धानका क्रममा प्रहरीले बैंक लुटेका लुटेराले डस्टबिनमा लुकाएको पैसाले भरिएको बोरा ती बालकले फेला पारेको जनाएको छ । साथै, प्रहरीले बालकको इमानदारीको प्रशंसा पनि गरेको छ ।

Leave A Comment