अप्ठ्यारो समयमा जोली

बिहिबार, १९ फागुन २०७३, १२ : ०५ शुक्रवार , Kathmandu
अप्ठ्यारो समयमा जोली

गत वर्ष हलिउड जोडी एन्जेलिना जोली र ब्राड पिटबीच सम्बन्ध विच्छेद भएको थियो । यसबारे अनेक समाचार आए पनि दुवैले आफूहरूको सम्बन्धबारे मुख खोलेका थिएनन् । अहिले आएर जोलीले ब्राडसँगको सम्बन्ध विच्छेदबारे पहिलोपटक मुख खोलेकी छिन् ।
एउटा पत्रिकासँगको अन्तर्वार्तामा जोलीले भनिन्, ‘यसबारे म धेरै भन्न चाहन्नँ । यति मात्र भन्न चाहन्छु कि अहिले हामी निकै अप्ठेरो समय भोगिरहेका छौँ ।’ अन्तर्वार्तामा उनले ब्राडसँगको सम्बन्धको सानो अंश अझै बाँकी रहेको संकेत गरेकी छिन् । ‘हामी यो कठिन घडी पनि पार गर्नेछौँ,’ उनले भनिन् ।

Leave A Comment