फिल्म फ्लप, डिमान्ड दश लाख

सोमबार, १६ फागुन २०७३, ०१ : ४४ शुक्रवार , Kathmandu
फिल्म फ्लप, डिमान्ड दश लाख

‘चपली हाइट २’ साइन गर्दा आयुष्मान देशराज श्रेष्ठलाई लुक र हाइटका कारण अनमोललाई टक्कर दिने हिरोका रूपमा चित्रित गरिएको थियो । फिल्म ट्रेलर सार्वजनिक भएपछि त केहीले मुखै फोरेर अनमोलका दिन सकिएको घोषणा गरे । तर, फिल्म रिलिज भएपछि नराम्ररी पिटियो । यही समयमा अनमोलको भाउ भने आठ लाखबाट बढेर २० लाखमा पुग्यो । तर, अनमोलसँग तुलना भइरहेको सुइँको पाएर नै होला आयुष्मानले पनि आफूलाई फिल्म खेलाउने प्रस्ताव लिएर गएका निर्मातासँग  १० लाख मागेको चर्चा छ ।
अनमोलबाहेक अरू कुनै कलाकारले आफ्नो नाममा दर्शक हलसम्म तान्ने ल्याकत देखाउन सकेका छैनन् । अझ आयुष्मानको त पहिलो फिल्म नै फ्लप भयो । देशी–विदेशी बजारमा राम्रै भाउ भएका दयाहाङलाई त निर्माताले १० लाख दिन १० पटक सोच्छन् । यस्तोमा आयुष्मानले चाहिँ के भनेर १० लाख माग्या हुन् कुन्नि ?

Leave A Comment