अफेयरमा करिश्मा

सोमबार, १६ फागुन २०७३, ०१ : ४२ शुक्रवार , Kathmandu
अफेयरमा करिश्मा

एकल जीवन बिताइरहेकी बलिउड अभिनेत्री करिश्मा कपुर एकाएक सञ्चारमाध्यममा छाएकी छिन् । अरू कसैले चालेको कदमका कारण उनको चर्चा भएको हो ।
भारतीय व्यापारी सन्दीप तोशनीवालसँग करिश्माको अफेयर चलेको भन्ने हल्ला बलिउड वृत्तमा निकै अघिदेखि चल्दै आएको छ । पूर्वपति सञ्जय कपुरसँग सम्बन्ध विच्छेद गरेको केही समयपछि नै उनको नाम सन्दीपसँग जोड्न थालिएको थियो ।
यस्तो चर्चालाई बल पु¥याउने गरी विभिन्न सभा–समारोहमा उनीहरू एकअर्कासँग निकै खुलेर कुराकानी गर्दै गरेको पटक–पटक फेला परेको थियो । सन्दीपले करिश्मालाई एउटा घर उपहार दिएको चर्चासमेत चलेको थियो । यस्तोमा उनले पत्नी अश्रितासँग छोडपत्र गरेपछि उनले करिश्मालाई अपनाउनकै लागि यस्तो कदम चालेका हुन् भन्ने चर्चा अहिले बलिउडभरि व्याप्त छ ।

 

Leave A Comment