रबरजस्तो ज्यान

आइतबार, १५ फागुन २०७३, ०२ : ४६ शुक्रवार , Kathmandu
रबरजस्तो ज्यान

रबरजस्तो ज्यान भएका एक प्यालेस्टाइनी युवकले विश्व कीर्तिमान कायम गरेका छन् । छातीले टेकेर दुवै खुट्टालाई टाउको वरिपरि फनफनी घुमाएर गाजाका १३ वर्षीय मोहम्मद अलशेखले विश्व कीर्तिमान कायम गरेका हुन् । उनले एक मिनेटमा ३८ पटक छातीले टेकेर दुवै खुट्टा टाउको वरिपरि घुमाएका थिए ।
यसअघि लिलानी फ्रेन्को नाम गरेकी युवतीले एक मिनेटमा २९ पटक घुमाएर बनाएको रेकर्ड मोहम्मदले तोडेका हुन् । उनको ज्यान हड्डी र मासु नभई इलास्टिकबाट बनेजस्तो देखिएको विभिन्न सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । ‘यसअघि गिनिज बुकमा नाम दर्ता गराउने युवती मभन्दा धेरै जेठी रहेछिन् । उनलाई उछिनेर आफ्नो नाम दर्ता गराउन पाउँदा ज्यादै खुशी भएको छु,’ मोहम्मदले भने ।

 

Leave A Comment