दुबईले बनायो मान्छे चढ्ने ड्रोन

आइतबार, १५ फागुन २०७३, ०२ : ४४ शुक्रवार , Kathmandu
दुबईले बनायो मान्छे चढ्ने ड्रोन

दुबईले एक प्यासेन्जर ड्रोन बनाएको छ । यो जुलाईबाट ड्रोन नियमित रूपमा प्रयोगमा आउनेछ । यो ड्रोनले एक पटकमा सय किलोसम्म तौल भएका व्यक्तिलाई बोकेर ३० मिनेटसम्म हावामा उडाउन सक्छ । यसमा सवार हुने व्यक्तिले टच स्क्रिनको मद्दतले कहाँ जाने बताउन सक्नेछ । नियन्त्रणका लागि अर्को विकल्प छैन ।
दुबई सडक एवं यातायात संस्थाका प्रमुख अल तयरले विश्व सरकार शिखर सम्मेलनमा प्यासेन्जर ड्रोनबारे जानकारी दिएका हुन् ।
सरकारी एजेन्सीले जारी गरेको भिडियोमा यो ड्रोनको कमान्ड सेन्टरलाई कसरी नियन्त्रण गर्ने भनेर देखाइएको छ । जसअनुसार यसको रफ्तार १६० किलोमिटर प्रतिघण्टा छ । एक पटक ब्याट्री चार्ज गर्दा ५० किमीसम्म उड्नेछ ।

Leave A Comment