निकोलको खुलासा

आइतबार, १५ फागुन २०७३, ०२ : ४१ शुक्रवार , Kathmandu
निकोलको खुलासा

हलिउड अभिनेत्री निकोल किड्म्यानले आफ्नो अतीतको एउटा गोप्य कुरा खुलासा गरेकी छिन् । आफ्नो कुनै बेला सहकर्मी अभिनेत्री जोय क्राभिट्जका पितासँग अफेयर रहेको उनले बताइन् ।
सन् २००३ तिर जोयका पिता लेनीसँग इन्जेजमेन्टसमेत गरेको खुलासा उनले गरिन् । लेनी रकस्टार हुन् ।
‘जोयलाई म राम्रोसँग चिन्छु, किनकि कुनै बेला म उनका बाबुसँग प्रेममा थिएँ । यो २००३ तिरको कुरा भयो । तर, इन्गेजमेन्टपछि कुरा थप अघि बढेन, जसकारण हामी पुनः अलग भयौँ,’ उनले भनिन् । लेनीलाई आफूले अझैसम्म रुचाउने गरेको उनले बताइन् । उनले पूर्वपति अभिनेता टम क्रुजसँग सम्बन्ध विच्छेद गरेपछि लेनीसँग उनको इन्गेजमेन्ट भएको चर्चा चले पनि अहिले आएर उनले पुष्टि गरेकी हुन् ।

Leave A Comment