पुनेको कप्तानबाट हटाइए धोनी

आइतबार, १५ फागुन २०७३, ०१ : ३१ शुक्रवार , Kathmandu
पुनेको कप्तानबाट हटाइए धोनी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टिम राइजिङ पुने सुपरजायन्ट्सले महेन्द्रसिंह धोनीलाई कप्तानको जिम्मेवारीबाट हटाएको छ । पुनेले अस्ट्रेलियाका स्टिभ स्मिथलाई कप्तान बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राइजिङ पुने क्लबको व्यवस्थापन धोनीको कप्तानीप्रति असन्तुष्ट रहेकाले जिम्मेवारीबाट हटाइएको हो । गत वर्ष धोनीको कप्तानीमा आईपीएल खेलेको पुनेले सातौँ स्थानमा रहेर प्रतियोगिता टुंगाएको थियो ।
चेन्नई सुपरकिंग्सका पूर्वकप्तान पनि रहेका ३५ वर्षीय धोनी आईपीएल क्रिकेटको इतिहासमा सबैभन्दा सफल कप्तान मानिन्छन् । उनको नेतृत्वमा चेन्नई सुपरकिंग्सले दुईपटक आईपीएलको उपाधि जितेको छ भने चारपटक उपविजेता बनेको थियो । धोनीले केही समयअघि मात्रै राष्ट्रिय टिमको एकदिवसीय क्रिकेटको कप्तानीबाट राजीनामा दिएका थिए ।

Leave A Comment